Nepal Times
Nepal Times
3
Shares

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैतमा

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैतमा

काठमाडौँ, पुस १८
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ । महासंघ राष्ट्रिय कमिटीको बैठकले आगामी चैत १४–१७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको महासचिव विष्णु लम्सालले जानकारी दिए ।
‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । बैठकले फागुनमा युवा सम्मेलन र महिला सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए ।

प्रतिनिधि परिषद् प्रमुख न्यौपानेले वाम एकता भाँड्न चलखेल भइरहेको भन्दै त्यसमा चनाखो भई जिफन्ट कार्यकर्ता एक भएर अगाडि बढ्न आह्वान गरे ।

जिफन्ट अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनका पक्षमा रहँदै आएको र आगामी दिनमा अन्य ट्रेड युनियनसँगको एकता प्रक्रियालाई निरन्तरता दिइने बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.