अत्यधिक चिसो बढेपछि अमेरिकाका ७ को मृत्यु, नायगरा फल्स जम्यो

एजेन्सी, माघ १७
अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् । चिसो अत्यधिक बढेपछि मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको हो ।

दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् । सिकागो नगरमा अन्टार्टिका महादेशमा जस्तै भिसो भइरहेको बताइएको छ ।

Advertisement

गएराति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ । अत्यधिक चिसोले ताल–तलैया जमेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ ।

Advertisement

अत्यधिक चिसोको सामना गर्नेको संख्या २ सय ५० मिलियन छ । ९० मिलियन जनता माइनस १७ डिग्रीको चिसो सहिरहेको समाचारमा उल्लेख छ । चिसो बढेपछि मानिसहरुलाई सतर्कता अपनाउन र घर बाहिर ननिस्कन राज्यका एजेन्सी तथा अधिकारीहरुले उर्दी जारी गरेका छन् ।

पोलार भोर्टेक्स नाम दिइएको यो असरले अहिलेसम्म विभिन्न राज्यमा गरी सात जनाको ज्यान गइसकेको सरकारी अधिकारीहरुले बताएका छन् । हवाई सेवा प्रभावित भएको छ भने विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरिएका छन् । रेलका लिग तताउन आगो नै बालिएको छ ।

चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । बीबीसीका अनुसार, महँगा ज्याकेटहरु लुटेराहरुले बन्दुक देखाउँदै लुटेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top