एजेन्सी, माघ १७
युएईसँग आज भएको खेलमा नेपाली क्रिकेट टीमका सन्दीप जोराले कीर्तीमान कायम गरेका छन् ।जोरा टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् ।