विराटनगर,माघ १७
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुस्लिम समुदायको हितमा काम गर्ने नेपाली कांग्रेस एक मात्र पार्टी रहेको दावी गरेका छन् । नेपाल मुस्लिम संघ प्रदेश १ प्रदेशस्तरिय समितिको घोषणा कार्यक्रममा उनंले यस्तो दावी गरेका छन् ।
उनंले मुस्लिम समुदाय लगायतकै हितकालागि नेपाली कांग्रेसले समावेशी विधान बनाएको बताउदै सो समुदायलाई केन्द्रीय समितिमा समेत महत्वपूर्ण स्थान दिइएको दाबी गरे । नेता कोइरालाले मुस्लिम समुदाय कम्युनिष्ट हुनै नसक्ने दाबी समेत गरे ।
उनंले विश्वमा भएका पार्टीहरुको उदाहरण प्रस्तुत गर्दै विश्वका मुस्लमानहरु लोकतान्त्रिक पार्टीमै लागेको दाबी गरे । यसैबीच कार्यक्रममा नेपाल मुस्लिम संघ प्रदेश १ का लागि २४ सदस्यिय प्रदेशस्तरिय समिति घोषणा गरिएको छ । डाक्टर इसराइल मन्सुरको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा महताब आलम र महिला उपाध्यक्षमा फुलेसरा खातुनलाई राखिएको छ ।
समितिको कोषाध्यक्षमा आबिद अन्सारी,सहकोषाध्यक्षमा हारुन रसिद,सचिवमा नइम अन्सारी,सहसचिवमा साहब अहमद गुड्डु र महिला सहसचिवमा रुक्मेना अख्तरलाई राखिएको छ । कार्यक्रममा कांग्रेस नेता अमृत अर्याल र विश्वनाथ रिजाल लगायतले नवगठित समितिलाई शुभकामना ब्यक्त गरे ।