​हलेसी बजारमा लागेको आगलागीमा सात घर जले, क्षतिको विवरण आउन बाँकी

१९ पुस ७४, बुधबार
Share this
682shares

खोटाङ, पुस १९

Advertisement

खोटाङको हलेसीबजारमा गएराती भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

यस्तै, आगोका कारण प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईल गायतको घरमा समेत क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । साँझ करिब साढे ७ बजेदेखि सुरु भएको आगलागि करिब ११ बजे नियन्त्रणमा लिइएको थियो । आगो इलाका प्रहरी कार्यालय, हलेसीका प्रहरी र स्थानीयवासीले करिब साढे तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।

Advertisement

आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै नियन्त्रणमा आएको स्थानीयवासीेले बताए ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मगम राईकोे घरबाट अचानक सुरु भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top