×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

अबको विद्यार्थी राजनीति र स्ववियुको नेतृत्व

२५ माघ २०७५

विराटचोक : स्वबियु चुनाव भनेको क्याम्पसमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले गर्ने चुनाव हो । त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्ववियु चुनाव आउनै लाग्दा वा स्ववियु चुनाव हुने कुरा चल्दै गर्दा यो कुरा स्मरण हुन जरुरी छ कि अबको स्वबियु चुनावमा स्नातक र स्नातकोत्तरका क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीले मात्रै टिकट पाउनु पर्छ ।

किन भने जो सँग पैसा छ ,जसको पावर छ,जसको ठूलो अहोदामा आफ्नो मान्छे छ,आफ्नो घर छेउ स्थानीय स्तरकै विद्यार्थीले मात्रै टिकट पाउने गरेका छन् । जिल्ला कमिटी वा केन्द्रीय कमिटीका सदस्य भइसकेकाहरु क्याम्पस छोडेका अस्ताउँदा तथा रिटायरर्ड जीवन बिताउने नेताहरुका कारण आज नेपालको राजनितिमा चेतनशील बिबेकशील युवाहरू पछाडि परेका छन् । क्याम्पस छोडेका आएर चुनाव लड्नेले जब चुनाव जित्छन सभापतिको पदको प्रमाणपत्र पाएपछि त्यो क्याम्पसमा अनुहार समेत देखाउन नआउने प्रवृत्ति ले गर्दा अब हुने स्वबियु चुनावमा त्यो खालको बिकृति हामीमा हाबी नहोस् । राजनीतिको ‘र’ नबुजेकाहरु पनि सांसद, मन्त्री हुनाले आज हाम्रो देश पछि परेको छ । पैसा भएपछि मन्चमा उभिएर दुई चार मिनेट भाषण गर्दैमा नेता भैहाल्ने बढ्दो प्रवृति रोकियोस् ।

Advertisement
Advertisement

जुनसुकै ठाँउबाट उच्च शिक्षा हाँसिल गर्न आएका विद्यार्थी साथीहरु जति पनि छन् । उनीहरुले सबैले अबसर पाउनुपर्छ। सबै प्रतिस्पर्धामा आउनु पर्छ र चाहना हुनेहरुले अगाडि बढ्न पाउनु पर्छ । पैसा र पावरको राजनिति हैन जो बौद्धिकता ,दक्षतामा अब्बल छ , म राजनितिमा लागेर यो देश को लागि केही गर्न चाहन्छु भन्ने सोच बोकेर अगाडि बढ्छ भने उसले ठाउँ पाउनु पर्छ । स्ववियुमा उमेद्वार हुनकै लागि वषौँ वर्ष क्याम्पसमा रहने प्रवृतिलाई सबैले निरुत्साहित गर्नुपर्छ । वास्तबिक स्ववियु नियमित विद्यार्थीको बन्नु पर्छ । विद्यार्र्थी राजनिति भनेको राजनैतिक प्रक्रियाहरु सिक्ने अबसर हो । राजनितिलाई सामाजिकीकरण बनाउनु अपरिहार्य छ । यसको मतलब आफुले गर्ने राजनैतिक पार्टीका बादशास्त्र ,तर्क, सिद्धान्त साथै आफ्ना प्रतिस्पर्धीका तर्क, सिद्धान्त, उनीहरुको बिचार अध्ययन गर्ने, बौद्धिकशास्त्र ,तर्क र सिद्दान्त लाई बुझ्ने ,बौद्धिक क्षमता र दक्षता बढाउने ,संगठन गर्ने कार्यकर्ता र समर्थन को आधारमा फराकिलो बनाउने लगायतका सीप सिक्ने हो ।

अहिले विश्वमा नयाँ नयाँ खोज अनुसन्धानहरु भइरहेका छन् जसमा विद्यार्थीको अथक मेहनत र लगाब देखिन्छ ।औद्योगिक क्रान्तिका बेला थुप्रै मेसिनहरु आविस्कार भएका थिए । जसले गर्दा आज ती देशहरु तीव्र बिकासको गतिमा अगाडि बढिरहेका छन् । थुप्रै दार्शनिकहरुले नयाँ नयाँ राजनीतिक सिद्धान्तको प्रतिपादन गरेर विश्व समाजलाई नै एउटा ऐतिहासिक रुपान्तरणको बाटोमा मार्गनिर्देशन गर्न सफल भए । हामीले पनि बिद्यार्थी राजनिती खोज र अनुसन्धान मुलक बनाउनु पर्छ । नयाँ बिचारको खोज नयाँ अनुसन्धानको लागि सदैब खुल्ला मस्तिष्क बोकेर हिँड्न जरुरी छ ।

एउटा युगमा एउटा कुरा हुन्छ, जस्का लागि युग सापेक्ष तथा बिचार र प्रणालीको आवश्यकता पर्छ। नेपाली समाजको विविधता सम्बोधन गर्दै शान्ति र समृद्धि हासिल गर्न कस्तो बिचार ब्यबस्था चाहिएला ?राष्ट्रलाई एकताबद्ध बनाउन कस्तो खालको बिचार अङ्गाल्नुपर्छ ? अहिले भु–राजनीति जटिलतालाई कसरी हल गरेर सबै देशहरुसँग पारदर्शी र मर्यादित सम्बन्ध कायम गर्न सकिन्छ? नेपालको कला ,संस्कृति ,भाषा भेषभुषा जोगाइराख्न के गर्नु पर्छ ? यस्तै प्रश्नहरुको समाधान खोज्ने विद्यार्थीहरुले राजनिति गरौ । यो समय भनेको मनको समाजमा बिद्यमान समस्याहरुको हल खोज्ने र बहस गर्ने खालको हो ।

पूरानै शिक्षा प्रणाली र राजनितिको प्रभाव
कला ,स्वतन्त्रता र सिर्जनशिलताले राजनिति भन्दा छिटो समाज परिवर्तन गर्न सकिन्छ । विद्यार्थीसँग विभिन्न किसिमका उच्च मनोबल हुने गर्छ ।त्यसलाई राजनिति मार्फत यो परिवर्तनशिल समाजलाई अझ शसक्त बनाइयो भने हामीले परिकल्पना गरे अनुरुपको विद्यार्थी र राजनितिकोे खाल्डो पुर्न सक्छौँ। आज हामीले २१ औ शताब्दीमा आएर ज्ञान बिज्ञान र बिचारको समृद्धिकरण गर्दै अगाडि जाने विद्यार्थी राजनिति गर्नु पर्छ।

अबको शिक्षा मेडिकल, प्राबिधिक र निशुल्क हुनु पर्छ ।स्वदेशमा नै उच्च शिक्षा ,स्वदेशमै रोजगार हुनु पर्छ । नेपालको शिक्षा प्रणालीलाई हेर्ने हो भने नेपालको शिक्षा एकातिर बजार अर्को तिर छ । बजारले वा देशले खोजेको शिक्षा हुनु जरुरी छ । नेपालको शिक्षा प्रणाली पूरानो र पिछडिएको खालकोको छ । उच्च शिक्षा हाँसिल गरिरहनु भएका विभिन्न ठाँउमा विद्यार्थी साथीहरु साँच्चिकै अर्थमा भन्ने हो भने देश, समाज, राजनीतिक बिचार र ब्यबस्था प्रति न्युनतम ज्ञान हुनुपर्छ अथवा मैले के गर्ने, के नगर्ने ,के गर्न हुन्छ के गर्न हुन्न भन्ने जानकारी भको हुनु पर्छ ।

देश विकासको लागि र समाज परिवर्तनको लागि विद्यार्थीहरुको भुमिका एकदम महत्वपूर्ण हुन्छ किन भने विद्यार्थी एउटा घरको सदस्य हो,उ एउटा परिवारको सदस्य हो,उ एउटा समाजको सदस्य हो र उ एउटा देशको जिम्मेवार नागरिक हो । उसले तपाईंले चाहे बिद्यालयमा सिकाएको होस चाहे घर परिवार मा या अन्य ठाँउमा, हरेक राम्रो कुरालाई मनन गरेर अगाडि बढ्छ र अरुलाई पनि राम्रो गर्न भन्छ । बिद्यार्थी भनेको कुनै पनि समाजको परिवार वा देशको चेतनशील ,सिर्जनशील ,बौद्धिकता र दक्षतामा अब्बल रहेको परिवर्तनको संवाहक हो। बिद्यार्थीले नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक र साँस्कृतिक अधिकारको वकालत तथा त्यसको समूहिकरणको लागि संघर्ष गर्दै अगाडि बढ्न सक्नु पर्छ । नेपालको इतिहासमा विभिन्न कालखण्डमा विभिन्न किसिमका संघर्ष र थुप्रै विद्यार्थी संघ संगठनहरुले राजनीतीक परिवर्तनको लागि महत्वपूर्ण योगदान गरिसकेको पाइन्छ ।

क्याम्पसमा विद्यार्थी संघ संगठनहरुको पारदर्शिता र विधीको शासन स्थापित गर्न सदैब अग्रसरता हुनु पर्छ नकि क्याम्पसमा हुने गतिविधिबारे कमिसनको लागि लुछाचुडी गर्ने, गुन्डागर्दी ,तोडफोड गर्ने काम रोकियोस् । नेपाल जस्तो गरीबी ,बेरोजगारी भ्रष्टाचारी र परनिर्भरता जस्ता समस्याले ग्रसित देशलाई कसरी सुशासन मार्फत बिकास र समृदिको मार्गमा लैजान सकिन्छ ? यसबारेमा सोच्न जरुरी छ । अहिलेको परीवेशलाई कस्तो राजनैतिक प्रणाली र बिचारबाट त्यो लक्ष्य हासिल हुन सक्छ भन्ने किसिमको छलफल र आन्तर्कृया हुनुपर्छ । स्ववियुमा लाखौं खर्च गरेर भोट किन्न थालिए भोलिका दिनमा विद्यार्थी राजनिति स्वतन्त्र शिक्षा र सफा होला भनेर भन्न सकिन्न ।

हामीले स्वबियु निर्वाचनको बेलामा धेरै समय चुनाव प्रचार प्रसारमा बिताउँदा विद्यार्थीहरुको पठनपाठनमा असर हुन्छ । स्वबियुको चुनावमा पार्टीका अध्यक्ष, मन्त्रीहरु लगायत राज्यका उच्च पदस्थ ब्यक्तिलाई क्याम्पसमा बोलाएर भोट माग्ने प्रचलन पनि रोक्नु पर्छ । पूरानै ढाँचामा गरिने स्वबियु निर्वाचनको हामीले संविधानमा प्राप्त लोकतान्त्रिक गणतन्त्र लाई उन्नत बनाउन सक्ला ? साच्चै नयाँ युगको नेतृत्व गर्ने युवाहरु उत्पादन गर्ला? विद्यार्थी राजनितिको नाममा आफ्नो जीवनको उर्जाशिल र सिर्जनशील समय कठिन र विगठित चरित्र निर्माण गर्ने पथमा लामबद्द साथीहरूबाट समाजले के आशा राख्दछ । नेपालमा लोकतान्त्रिक मूल्य र मान्यताहरु स्थापित गर्न वास्तविकतामा स्वबियुको निर्वाचन महत्वपूर्ण छ ।

अभिभावक र हामीमा के आवश्यक ?
कापी र कलम हुनुपर्ने बिद्यार्थीको हातमा चुरोट र बियर का बोतल किन? स्कुलमा, क्याम्पसमा हुनु पर्ने विद्यार्थीहरु जुवातास, भट्टी ,पसल ,लागूऔषध र केरेम्बोर्डमा झुन्डिएको देखिन्छन् किन? पढ्ने लेख्ने बेलामा अनावश्यक रूपमा डुल्ने अनेक गरेर समय खेर फाल्छन किन?जो हाम्रा देशका भोलिका कर्णदार हुन ,हाम्रो भबिष्य हुन, देश बिकास र समाज परिवर्तनको आधर हुन्, तिनीहरुको बिचार के छ ? उनीहरुको भबिष्य कतातिर गईरहेको छ भन्ने कुराको जानकारी हामीमा हुन आवश्यक छ । हामीले हाम्रा बालबालिकाहरुलाई हाम्रा छोराछोरीहरुलाई कस्तो खालको शिक्षा दिने ?,कस्तो शिक्षा दिइरहेका छौँ ?, कस्तो खालको संस्कार सिकाउने?,कस्तो संस्कार सिकाइरहेका छौ ? भन्ने जानकारी प्रत्येक अभिभावक वा प्रत्येक छोराछोरीका बाबुआमामा हुनु जरुरी छ ।

कहाँ कसरी प्रस्तुत् हुने ? कहाँ,को सँग, कसरी, कस्तो शब्द प्रयोग गरेर बोल्ने लगायत कुरा सिकाउनु पर्छ । हामीले हाम्रो बालबालिकाको खाली दिमागमा राम्रा कुरा घुसाउनु ,सिकाउन सक्यौँ भने मात्र उनीहरुको भबिष्य उज्जवल बनाउन सकिन्छ । उनीहरुको इच्छा र चाहाना अनुरुपको शिक्षा र उसको कस्तो खालको मानसिकता छ, के बन्न चाहान्छ, बढी कतातिर उसको रुचि छ, बुझेर सही शिक्षा दिनु पर्छ र मात्र उ बन्छ, समाज बन्छ,देश बन्छ । हाम्रा बालबालिकाहरु किन र कसरी शिक्षा लिन बाट बन्चित भइरहेका छन ? उनीहरुलाई उच्च शिक्षा दिन सक्ने र उनीहरुलाई स्कुल सम्म पुर्याउन सक्ने पो विद्यार्थी नेता ।आज बिश्वले चुनौती दिईरहेका बेला परिवर्तन र विकास भएर धेरै भन्दा धेरै अगाडि बढीरहेको बेला २१औ शताब्दीमा आइपुग्दा पनि हामी भने पछाडि नै छाँै किन त । हाम्रा कति बालबालिका शिक्षा लिन बाट बन्चित छन ।, कति बालबालिका ले गरीबीको कारण पढ्न पाइरहेका छैनन् ।, कति बालबालिकाहरुले सानैमा आफ्नो बाबुआमा गुमाएका कारण पढ्न पाएका छैनन ।, कतिपय बालबालिकाहरुले परिवारिक समस्याको कारण ,बाबुआमा अशिक्षित भएका कारण , गरिबीका कारण ,पुरानो सोच बिचारका कारण पनि पढ्नबाट बन्चित छन् भने कतिले घरपरिवारबिहीन ,छोराछोरी बीचको विभेदका कारण पनि शिक्षा लिनबाट बञ्चित भएका छन् ।

हुनत यो समस्या नेपाल मा मात्रै हैन विश्व भरी नै छ । खै नेताहरुले गरेका ठूलो ठूलो स्वरको भाषण, खै आश्वासन ले भरिएका ती मिठा बोली ? परिवर्तन कहाँ र कसरी भईरहेको छ ? सडकमा दिन–रात बिताइरहेका छन हाम्रा अधिकांश बालबालिकाहरु ,इट्टा भट्टामा, ठुला होटेल र रेस्टुरेन्टहरुमा काम गरि रहेका छन् । कति बालबालिका सडकमा प्लाष्टिक टिप्दै अरुका घरमा भाँडा माझ्न बसेका छन् ,जसलाई रहर हैन बिहान बेलुका पेट भर्नका लागि बाध्यता छ यस्तो गर्न । यता भने कोहि भनिरहेका छन् गर्बका साथ छाती फुलाएर काठमाडौंको खाल्डामा रुमल्लियर हामी बालअधिकारकर्मी ,हामी मानवअधिकार कर्मी ,सामाजिक अभियन्ता ,नेता, विद्यार्थी नेता । तपाईंहरु परिवर्तनकै लागि संघर्ष गरिरहनु भएको छ भने कृपया यस्ता बालबालिकाहरुका लागि गर्नुस कि उनीहरुले पनि गुणस्तरीय शिक्षा लिन पाउन् । बालअधिकार यहाँ आएर सुनिश्चित गरीदिनुस्, मानवअधिकार यहाँ चाहिएको छ । हाम्रा विद्यार्थी शिक्षित नेता यता फर्कनु पर्यो जहाँ सम्पूर्ण विद्यार्थीको हक ,अधिकार ,गुणस्तरीय शिक्षा आवश्यक छ । भाषण र आश्वासन हैन मेहनेत संघर्ष र लगाबले बन्छ देश अनि आउँछ परिवर्तन । विभेद पूर्ण सरकारी निति अन्त्य होस, समानता पुर्ण व्यबहार होस्, गरीब ,पिछडिएका बर्गको लागि खुसी छाहोस ।

नेपाली राजनिती, स्वबियु चुनाव पैसा कमाउने माध्यम ,गुन्डागर्दी , भष्टाचार गर्ने माध्यम नबनोस् । देश विकास र समाज परिवर्तनको आधार बनोस्, शिक्षा क्षेत्रको बिकृति हटोस्, सम्पुर्ण विद्यार्थीको उज्वल भबिष्य निर्माण गर्ने खालको होस शुभकामना ।।।

 

Advertisement
         राधा सुवेदी
खोटाङ, बराहपोखरी– १

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top