किशोर विश्वकर्मा
विराटनगर, पुस २०
केही दिनयताको शीतलहरका कारण पूर्वी तराईको जनजिवन कष्टकर बन्दै गएको छ । दुई–तीनदेखिको चिसो हावा र शितलहरका कारण जनजिवन कष्टकर बन्दै जान थालेको हो । सर्वसाधारण जनता अतिआवश्यक कामबाहेक घरबाट बाहिर निस्कन नसकेकाले विराटनगरलगायत पूर्वी तराइमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ ।
जाडोका कारण सर्वसाधारण दाउरालगायतका वस्तु संकलन गरि आगो तापेर बन्ने गरेका छन् । जाडोकै कारण औपचारिक रूपमा विद्यालय बन्द नगरिए पनि विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ ।
शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुविभिन्न रोगबाट पिडित बनेका छन् । विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा यतिबेला विरामिको चाप निकै बढेको छ । चिकित्सकहरुले जाडोका कारण विभिन्न रोगको संक्रमण बढ्ने भएकाले न्यानो कपडा लगाउन र उचित खानपानका साथै चिसोबाट बच्ने उपाय अबलम्बन गर्न सुझाब दिएका छन् ।