×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रणय दिवसः प्रेमको प्रतिक बन्यो रानीमहल

२ फाल्गुन २०७५

पाल्पा,फागुन २

प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतिकका रुपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भीडभाड लाग्दा चहलपहल बढेको हो ।

Advertisement
Advertisement

नेपालको ताजमहलका रुपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो । रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ । उनीहरु महलसहितको तस्वीर लिन व्यस्त देखिन्छन् ।

राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रुपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो । रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको छ ।

तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशम्शेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा विस १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो । तेजकुमारीको विसं १९४९ मा निधन भएपछि खड्गशम्शेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ ।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुशी साटासाट गर्नका लागि युवायुवती हजारौँको सङ्ख्यामा आउने गरेको बताउँछन् । पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ ।

रानीमहल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको बताउनुभयो । रानीमहलमा पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ ।

रानीमहल घुमफिरका लागि यहाँ प्रायः एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ । रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ । दरबारको बायाँतर्फ शितलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ ।

बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ । यस महलको पूर्वतिर खड्गशम्शेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशम्शेरका कोठाहरू रहेका छन् ।

त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ । रानीमहललाई पछिल्ला वर्षमा प्रेमको प्रतीकको रुपमा प्रचारप्रसार हुन थालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रुपमा बदलिएको छ । उत्तर बाहिनी हुँदै कालीगण्डकी नदी यस क्षेत्र हुँदै बग्ने भएकाले धार्मिक महत्वसमेत रहको जानकार बताउँछन् ।

Advertisement

–कृष्ण दर्नाल /रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top