जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव

२० पुस ७४, शुक्रबार

लमजुङ, पुस २१
जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् ।

सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए ।

औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यो वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताउनुभयो ।

Advertisement

“अघिल्ला वर्ष झँै यो वर्ष पनि बजेट आउँछ भन्ने आशमा बस्यौँ”, देवकोटाले भने, “पुस लागिसक्यो बजेट आएन, औषधि पनि सकियो ।” अस्पतालमा अति प्रयोग हुने निःशुल्क प्रकारका औषधि सकिएको र अति कम प्रयोग हुने केही औषधि मात्र बाँकी रहेको देवकोटाको भनाइ छ ।

निःशुल्क औषधि नपाएपछि उपचार गर्न अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य भएका छन् ।

Advertisement

मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको जिल्ला अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको थियो ।

पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि खरिद गर्न नपाएको हो । निःशुल्क औषधिको व्यवस्थापनका लागि अस्पताल विकास समिति र स्थानीय तहसँग छलफल भएको देवकोटाले बताए । उनले औषधि खरिदका लागि समितिले पहल गरेको समेत जानकारी दिनुभयो ।
रासस

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top