Nepal Times
Nepal Times
3
Shares

१ नं. नम्बर प्रदेशको राजधानी सुनसरी बनाउन स्थानिय नेतृत्व एकजुट

१ नं. नम्बर प्रदेशको राजधानी सुनसरी बनाउन स्थानिय नेतृत्व एकजुट

इनरुवा, पुस २१

१ नं. प्रदेशको राजधानी सुनसरीलाई बनाउन सुनसरीका प्रमुख ६ राजनैतिक दलहरुले माग गरेका छन् । प्रमुख दलका नेताहरु बिच बिहिबार भएको सर्वदलीय बैठकले त्यस्तो निर्णय गरेको हो ।

संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै उनिहरुले नेपाल सरकारद्धारा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पूर्नसंरचना समितिको बैठकको निर्णय कार्यान्वयनको माग समेत गरेका छन् । समितिले प्रदेश नम्वर १ को राजधानीकालागि सुनसरीको माप दण्ड उपयुक्त रहेको निर्णय सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सर्वदलिय बैठकले संघीय प्रशासनिक पूर्नसंरचना समितिको निर्णय उल्टाउने र अनुपयुक्त ठाउँमा प्रदेश सदरमुकाम तोक्ने तयारी प्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

दलिय बैठकको निर्णय अनुसार धरान,इटहरी र इनरुवामा प्रदेश सरकारका कार्यालयहरु राखिनुपर्ने अडान राखेको छ ।
दलले निकालेको विज्ञप्तीमा नेकपा एमाले सुनसरी अध्यक्ष रमेश बस्नेत, नेपाली कांग्रेसका सभापती राजिब कोइराला, माआवादी केन्द्रका सुनसरी संयोजक सरस्वती पोखरेल, संघीय समाजवादी फोरम नेपालका सुनसरी अध्यक्ष महेन्द्रप्रसाद यादव, राजपा जिल्ला अध्यक्ष सुब्बालाल मेहता र राप्रपा प्रजातान्तिकका इन्द्रनारायण साह लगायतले हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.