पाकिस्तान सुपर लिगस् सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए, लाहोर पराजित

१२ फागुन २०७५, आइतबार
Share this
703shares

विराटनगर, फागुन १२
पाकिस्तान सुपर लिग पीएसलमा नेपालका सन्दीप लामिछानेले किफायती बलिङ प्रदर्शन गर्दा लाहोर कलन्दर्स भने अन्तिम बलमा पराजित भएको छ । अघिल्लो दिन डेविड वाइजले अन्तिम बलमा छक्का प्रहार गर्दै लाहोरलाई मुल्तान सुल्तान विरुद्ध जित दिलाएका थिए तर शनिवार क्वेट्टा ग्लाडिएटर्स विरुद्धको खेलमा भने उनै वाइजले अन्तिम बलमा छक्का खर्चिएपछि लाहोर ३ विकेटले पराजित भयो। अन्तिम ओभरमा क्वेट्टलाई ६ बलमा ७ रन चाहिएको थियो ।

Advertisement

पहिलो बलमा वाइजले अनवर अलीलाई आउट गर्दै खेलमा रोमाञ्चकता ल्याए। त्यसपछिको चार बलमा उनले ५ रन खर्चे। त्यसपछि अन्तिम बलमा क्वेट्टलाई जितका लागि २ रन चािहएको थियो । एक रनले खेल बराबरी हुने थियो भने डट बल भए लाहोरले जित्ने थियो। तर वाइजको अन्तिम बलमा सर्फराजले छक्का प्रहार गर्दै जित दिलाए ।

यस खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। बलिङ भन्दा पहिले ब्याटिङ गरेका सन्दीपले ५ बल खेल्दै नटआउट ५ रन बनाएका थिए । उनले कप्तान ए बी डे भिलियर्ससँग आठौँ विकेटका लागि ७ रनको साझेदारी गरेका थिए ।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। अघिल्लो दिन २०१ रनको लक्ष्य पुरा गर्दै जित हात पारेको लाहोरले आज भने राम्रो ब्याटिङ गर्न सकेन । लाहोरका लागि डे भिलियर्सले नटआउट ४५ रन बनाए भने सोहेल अख्तरले २९ रन जोडे । क्वेट्टजाका घुलाम मुदासारले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । जवाफमा १४४ रनको लक्ष्य पछ्याएको क्वेट्टाले अन्तिम बलमा सर्फराज अहेमदले छक्का प्रहार गरेपछि जित हात र्पायो ।

सर्फराजले ३६ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५२ रन योगदान गरे । त्यस्तै अहसन अलीले ४० रन बनाए । उनै अहसनलाई सन्दीपले १२औँ ओभरमा बोल्ड गरेका थिए। सन्दीपले २४ बल बलिङ गर्दा ११ बल डट फालेका थिए भने एक छक्का खर्चिएका थिए ।

Advertisement

पिएसएल ४ मा अपराजित रहँदै ४ खेल जितेको क्वेट्टा ८ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ। उता पाँच खेल खेल्दा तेस्रो हार बेहवरेको लाहोर कलन्दर्स भने ४ अंकका साथ चौथो स्थानमा झरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top