नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन पाउने

काठमाडौं : सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ।, आजकाे नागरिक दैनिकमा खबर छ।

Advertisement

अपेक्षित रुपमा विदेशी लगानी नआइरहेको बेला विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयक, २०७५ मा नयाँ व्यवस्था राखेको हो।

सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विधेयक सोमबार संघीय संसद्मा दर्ता भएको छ।

Advertisement

प्रचलित कानुन बमोजिम नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र, डिबेन्चर वा अन्य धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने प्रावधान विधेयकमा राखिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top