×

NEPAL TIMES UPDATES

Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026

उत्तर कोरियाली नेता कीम भियतनाम पुगे

१४ फाल्गुन २०७५

काठमाडौं, फागुन १४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मंगलबार भियतनामको राजधानी हनोई पुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ ।

Advertisement

यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकहरुले अनुमान गरेका छन् ।

शिखर बैठकमा भाग लिन उत्तर कोरियाबाट करिब ४ हजार किलोमिटर रेलयात्रा गरी नेता कीम भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ पुगेका हुन् । उनलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोई ल्याइएको थियो । रेल र सडक मार्ग तय गर्न करिब अढाई दिन लागेको थियो ।

हनोईमा आइपुग्दा नेता कीमलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । दोङदाङमा एक स्थानीय अधिकारी होआङ थी थुएले कीमको अनुहार हेर्नका लागि उज्यालो नहुँदै हनोईको सडकमा सिमसिम वर्षाद्को समेत पर्बाह नगरी पर्खेर बसेका थिए । सन् १९६४ यता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो । भियतनाम र उत्तर कोरिया दुबैमा एकदलीय कम्युनिष्ट शासन छ ।

‘कीम सवार रेल आउँदा हामीलाई पनि नजिक जान दिइएको थिएन, र टाढैबाट हेर्न भनिएको थियो,’ उहाँले एएफपीलाई भन्नुभयो । ‘हामीले नेता कीमलाई टाढैबाट हेर्न पायौं । मलाई अति खुशी लाग्यो, यो क्षणको वर्णन गर्न पनि कठिन छ ।’

माओ–शैलीको कालो सुट र आफ्ना अङ्गरक्षकहरुको टोलीले घेरिएका कीम त्यहाँ प्रतिक्षारत कारमा चढेका थिए । त्यसपछि मोटरको ताँती हनोईतर्फ लागेको थियो । त्यहाँ सडकका दुबै किनारामा उभिएको ठूलो जनसमूहले कीमलाई स्वागत गर्नुका साथै सडकमा सशस्त्र सैनिकले कडा सुरक्षा दिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैं परम्परागत “एयर फोर्स वान” विमानबाट यात्रा गर्ने छन् । उनी मङ्गलबार साँझसम्म हनोई आइपुग्ने कार्यक्रम छ । हनोईतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै दोस्रो शिखर वार्ता निकै फलदायी हुने अपेक्षा गरिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागे कोरियाले तीव्र आर्थिक प्रगति गर्ने बताएका छन् । ‘पूर्ण आणविक निःशस्त्रीकरण भएसँगै उत्तर कोरिया आर्थिक केन्द्र हुनेछ । यसमा प्रगति नभए उही पुरानै अवस्थामा पुग्नेछ ।’ ‘अध्यक्ष कीमले बुद्धिमत्तापूर्ण निर्णय गर्नु हुनेछ ।’

शिखर वार्ताका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर राष्ट्रपतिसँगै हनोई यात्रामा रहेकी ह्वाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले दुबै नेताले सँगै खाना खाने कार्यक्रम रहेको बताइन् ।

सिंगापुर वार्तापछि आणविक निःशस्त्रीकरणका बारेमा कुटनीतिक प्रगति लगभग अबरुद्ध नै भएको छ । संयुक्तराज्य अमेरिकाले पटकपटक उत्तर कोरियासमक्ष आफ्ना आणविक कार्यक्रम भरपर्दो र अन्तर्रा्ष्ट्रिय विशेषज्ञको उपस्थितिमा बन्द गर्न आग्रह गरिरहेको छ ।

तर प्योङयाङले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई व्यापक रुपमा बुझ्न आग्रह गरिआएको छ । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न र उत्तर कोरियामाथि हुनसक्ने सुरक्षा खतरा नहुने विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह गरिरहेको छ । (रासस र एएफपी)

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top