वैशाखदेखि पाइपबाटै इन्धन

सिमरा : मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो ।गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो ।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ ।यो निर्णयसँगै दुवै आयोजनाले गति लिएको छ । एक महिनाभित्र पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिममै पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य राखेको नेपाल आयल निगमका डिपो प्रमुख प्रदीप यादवले बताए ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिवाकर भण्डारीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top