शुक्लाफाँटाका ४ सय घर शौचालय विहीन

२४ पुस ७४, मंगलबार

कञ्चनपुर, पुस २५
दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४ सय ४३ घरमा शौचालय छैनन् । प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ ।

नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २ सय ७४ घरधुरीमध्ये ८ हजार ८ सय ३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताइन् ।

शौचालय नभएका परिवारले खेत, सार्वजनिक सडक, खोला र वन क्षेत्रमा खुला रुपमा शौच गर्दै आएको पाइएको छ । उनले भनिन्, “यसबाट वातावरणमा नराम्रो प्रभाव परेको छ ।” नगरपालिकाका वडा नं १ मा १८, २ मा ३९, ३ मा २४, ४ मा ३६, ५ मा ६४, ६ मा ११, ७ मा ५३, ११ मा २२ र १२ का ३८ घरमा शौचालय नभएको बताइएको छ । उहाँका अनुसार वडा नं ८, ९ र १० मा शतप्रतिशत परिवारका घरमा शौचालय निर्माण गरिएको छ ।

Advertisement

शौचालय भएकामध्ये १० प्रतिशतभन्दा बढीले शौचालय नै प्रयोगमा नल्याएको पाइएको छ । शौचालय दाउरा, घाँस र गुइँठा राख्ने स्थानका रुपमा परिणत गरेका छन् । शुद्ध पेयजलको पहुँच पुगेका परिवारको संख्या भने नगरपालिकामा १४ मात्रै छ ।

निजी र सामुदायिक गरी ५८ विद्यालयमध्ये २० विद्यालयमा छात्राका लागि छुट्टै शौचालय नभएको पाइएको छ । भएका शौचालयसमेत प्रयोग गर्न नसकिने अवस्थामा छन् । पाँच वटा मात्रै विद्यालयमा शुद्ध पेयजलको व्यवस्था छ ।

Advertisement

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारले नगरपालिकाले सबै सेवा सुविधा रोक्दा समेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएको नगरपालिकाका कर्मचारीको भनाइ छ ।

मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नभएकाले तत्काल यस्ता ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नगरपालिकाका सबै बासिन्दामा शौचालयको पहुँच पुर्याउनका लागि सबैको सहयोगको खाँचो रहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन शौचालय निर्माणसँगै शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खाना, सफा घरआँगन र वातावरण बनाउनका लागि काम अगाडि बढाइने उहाँले बताउनुभयो । नगरपालिकालाई गत साल पुस १२ गते नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

नगरपालिकामा बसोबास गर्ने नौ हजार २७४ परिवारमध्ये दलित समुदायका एक हजार ११३, जनजाति समुदायका दुई हजार १८४ र अन्य समुदायका पाँच हजार ९७७ परिवार बसोबास गर्दै आएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top