सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

२४ पुस ७४, मंगलबार

इटहरी, पुस २५
सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिकजसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिइएको छ ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, इटहरीका प्रथम उपाध्यक्ष शैलेश विष्टले सर्वसाधारण नेपाली उपभोक्ताको हित विपरीत यो १३ दिनको अवधिमा कम्तीमा १ सय ५० देखि २ सय रुपैयाँ सम्म मूल्य बढाएर अचाक्ली ढाड सेक्ने कार्य भई रहेकाले यो विषयमा तत्काल सरकार वा उद्योगीले मूल्य नघटाएको खण्डमा अधिराज्यभर आन्दोलन थालिने पनि व्यवसायी एवं व्यापारीले चेतावनी दिएका छन् ।

Advertisement

सिमेन्ट र फलामे रडको मूल्य अस्वभाविक रुपमा उठाउने गरिएको र मूल्य बढाउनु पर्ने कुनै कारण नै नरहेको अवस्थामा नेपाली उपभोक्तालाई उठ्नै नसक्ने गरी मूल्य बढाउने कार्य भई रहँदा पनि राज्यको निकायले चासो नराख्नु आपत्तिको विषय भएको पनि व्यवसायी एवं व्यापारीले पत्रकार सम्मेलनमा गुनासो सुनाए ।

पत्रकार सम्मेलनमा हार्डवेयर व्यवसायी नेता भोला निरौलाले नेपालमा राज्य विहीनताको अवस्था सिर्जना गरिएको र भारतमा उत्पादन भएका सिमेन्ट र रडको मूल्य अहिले नेपाली बजारमा भारतको बजारको तुलनामा झण्डै शतप्रतिशत मूल्य बढाएर बिक्री वितरण गर्नुपर्ने अवस्था आएको र नेपाली बजार शुन्यको अवस्थामा पुगेको जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top