काठमाडौं । सोमबार साँझ पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ ।
विहान १० नबज्दै प्रहरीले डा.केसीलाई सर्वोच्चमा पेश गरेको हो ।
आज नै केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका थिए ।
प्रर्दशनकारीले डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग राखेका थिए ।
प्रर्दशनकारीका कारण आज विहान कार्यालय समयमा काठमाडौंको ट्राफिक व्यवस्था पनि प्रभावित भएको थियो ।