विराटनगरमा ‘लेडी रोड रन र स्तन क्यान्सर सचेतना ’ कार्यक्रम हुँदै

विराटनगर, फागुन २०
अन्तराष्ट्रिय नारी दिवसका अवसरमा विराटनगरमा ‘लेडी रोड रन’ र स्तन क्यान्सरका विषयमा सचेतनामुलक कार्यक्रम हुने भएको छ । लियो क्लब अफ विराटनगर इनोभेटिभको आयोजना तथा विराटनगर स्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यक्रममा सो कार्यक्रम आयोजना हुन लागेको हो ।

पहिलो चरणमा ‘लेडी रोड रन’ म्याराथुन आयोजना गरिने छ । म्याराथुन महेन्द्र चोकबाट सुरु भएर ट्राफिक चोक, रोडशेष चोक हुँदै पुन महेन्द्र चोकमा पुगेर सम्पन्न हुने लियो क्लब अफ विराटनगर इनोभेटिभकी अध्यक्ष अंकिता कट्टेलले जानकारी दिइन् ।

म्याराथुनका विजेतालाई विभिन्न आकर्षक पुरस्कारहरु वितरण गरिने अध्यक्ष कट्टेलले बताइन् । म्याराथुनमा विद्यार्थी, महिला अधिकारकमीहर एवम सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ ।

Advertisement

दिवसकै अवसरमा ¥यालीको समेत आयोजना गरिने छ । दोस्रो चरणमा विराटनगर स्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटलमा स्तन क्यान्सरका विषयमा सचेतना मुलक कार्यक्रम गरिने छ ।

कार्यक्रममा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विषशज्ञा डा. रेणुका राठीले स्तन क्यान्सर न्यूनिकरणका उपाय, स्तन क्यान्सरका कारण र रोक थामका उपयका विषयमा प्रकाश पार्ने लियो क्लब अफ विराटनगर इनोभेटिभकी अध्यक्ष कट्टेलले बताइन् ।

Advertisement

उनले सो अबसरमा ‘जुम्बा टे«ेनिङ’ नाचगान र वहस कार्यक्रमहरु समेत रहेको जानकारी दिइन् । । लियो क्लब अफ विराटनगर इनोभेटिभले प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवसकै अवसरमा सो कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

सम्बन्धित समाचार

Scroll to Top