Nepal Times
Nepal Times
3
Shares

के असेन्सीयो जादैछन त युभेन्टस ?

के असेन्सीयो जादैछन त युभेन्टस ?

एजेन्सी, फाल्गुन २०
स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो यो सिजनपछि इटालियन युभेन्टस जाने करिब पक्काजस्तै भएको छ । हाल प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा रियलमा टोलीमा स्थान पाउन नसकिरहेका मार्सेलो यो सिजनको अन्त्यसँगै रियल छाड्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् ।

उनलाई इटालियन क्लब युभेन्टसले पहिलो प्राथमिकतामा राखेको छ । युभेन्टसले यसै सिजनको सुरुमा पोर्चुगिज क्रिस्यिानो रोनाल्डोलाई अनुबन्ध गरेको थियो । रोनाल्डोकै चाहनामा युभेन्टसले मार्सेलो भित्र्याउने योजना बनाएको छ ।

स्मरण रहोस्, रियलमा छँदा रोनाल्डो र मार्सेलो नजिकका साथी थिए । उनीहरूबीच मैदानबाहिर जति सुमधुर सम्बन्ध थियो, मैदानभित्र पनि उत्तिकै उत्कृष्ट तालमेल थियो ।

यसैबीच, युभेन्टसले रियलका अर्का युवा खेलाडी मार्को एसेन्सियोलाई समेत भित्र्याउने सम्भावना बढेको छ । ‘डन बालोन’मा प्रकाशित समाचारअनुसार रोनाल्डोले क्लब युभेन्टससँग हाल रियलको टोलीमा पर्न संघर्ष गरिरहेका युवा खेलाडी भित्र्याउन अनुरोध गरेका छन् ।

रोनाल्डोले युभेन्टसमा एसेन्सियाले पाउलो डिबालाको स्थान लिन सक्ने अपेक्षा गरेका छन् । किनभने, समर सिजनमा डिबाला भित्र्याउन युरोपका ठूला क्लबा लागिपरेका छन् । यदि डिबालाले युभेन्टस छाड्ने अवस्था आए त्यो बेला एसेन्सियो युभेन्टसका लागि उचित विकल्प हुने बताइन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.