विराटनगर, फागुन २०
अन्तराष्ट्रिय नारी दिवसका अवसरमा विराटनगरमा ‘लेडी रोड रन’ र स्तन क्यान्सरका विषयमा सचेतनामुलक कार्यक्रम हुने भएको छ । लियो क्लब अफ विराटनगर इनोभेटिभको आयोजना तथा विराटनगर स्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यक्रममा सो कार्यक्रम आयोजना हुन लागेको हो ।
पहिलो चरणमा ‘लेडी रोड रन’ म्याराथुन आयोजना गरिने छ । म्याराथुन महेन्द्र चोकबाट सुरु भएर ट्राफिक चोक, रोडशेष चोक हुँदै पुन महेन्द्र चोकमा पुगेर सम्पन्न हुने लियो क्लब अफ विराटनगर इनोभेटिभकी अध्यक्ष अंकिता कट्टेलले जानकारी दिइन् ।
म्याराथुनका विजेतालाई विभिन्न आकर्षक पुरस्कारहरु वितरण गरिने अध्यक्ष कट्टेलले बताइन् । म्याराथुनमा विद्यार्थी, महिला अधिकारकमीहर एवम सरोकारवालाहरुको सहभागिता रहने जनाइएको छ ।
दिवसकै अवसरमा ¥यालीको समेत आयोजना गरिने छ । दोस्रो चरणमा विराटनगर स्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटलमा स्तन क्यान्सरका विषयमा सचेतना मुलक कार्यक्रम गरिने छ ।
कार्यक्रममा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विषशज्ञा डा. रेणुका राठीले स्तन क्यान्सर न्यूनिकरणका उपाय, स्तन क्यान्सरका कारण र रोक थामका उपयका विषयमा प्रकाश पार्ने लियो क्लब अफ विराटनगर इनोभेटिभकी अध्यक्ष कट्टेलले बताइन् ।
उनले सो अबसरमा ‘जुम्बा टे«ेनिङ’ नाचगान र वहस कार्यक्रमहरु समेत रहेको जानकारी दिइन् । । लियो क्लब अफ विराटनगर इनोभेटिभले प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवसकै अवसरमा सो कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।