अनमोलको ‘क्याप्टेन’ ले ४ दिनमा कति कमायो ?

२० फागुन ७५, मंगलबार

काठमाडौँ, फागुन २१
अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ ले सोमबारसम्म साढे ३ करोडको व्यापार गरेको छ । वितरक मनोज राठीका अनुसार यो फिल्मले चार दिनमा ३ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो । फिल्मले काठमाडौं र मोफसलबाट बराबरको व्यापार गरेको वितरकले राठीले बताए ।

‘पहिलो दिन धेरैको कलेक्सन खासै राम्रो थिएन, तर शनिवारबाट फिल्मले राम्रो व्यापार गरेको छ ।’, राठीले भने । फिल्मले शनिबार ६५ लाख, शनिबार १ करोड २५ लाख, आइतबार ५० लाख र सोमबार झण्डै १ करोडको व्यापार गरेको हो ।

नेपालमा सुपरहिट भनिएका चलचित्रले गर्ने व्यापार ‘क्याप्टेन’ ले चार दिनमै गरेको वितरक राठीले दाबी गरे । चलचित्रमा अनमोल केसीले राष्ट्रिय खेलाडीको भूमिका निभाएका छन् ।

Advertisement

यस्तै फिल्ममा सुनील थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, लगायतका कलाकारको पनि अभिनय छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा भुवन केसीको निर्माण छ । समीक्षात्मक कोणमा भने यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top