शेखरले नटेरेको देउवाको गुनासो

२३ फागुन ७५, बिहीबार
Share this
695shares

विराटनगर, फागुन २३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले नटेरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनु भएन त्यही भएर मैले जवाफ दिएको हुँ ।

Advertisement

नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताएका छन । आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको समेत उनले बताए ।

Advertisement

चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताए । सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको सभापति देउवाले जानकारी दिए । वाईडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताउदै उहाँ स्वस्थ भएपछि कुरा गर्ने जानकारी दिए । विराटनगरमा न्यूसृष्टि दैनिकको वार्षिकोत्सव कार्यक्रममा भाग लिन देउवा विराटनगर आएका हुन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top