NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

५५ हजारले लिए राष्ट्रिय परिचयपत्र, प्रमाणपत्र बाेक्ने र केवाइसी भर्ने युग सकिँदै

बिहिबार फाल्गुन २३ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
५५ हजारले लिए राष्ट्रिय परिचयपत्र, प्रमाणपत्र बाेक्ने र केवाइसी भर्ने युग सकिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं ,फागुन २३

पाइलट प्रोजेक्टको रुपमा सिंहदरबार र पाँचथरमा वितरण गरिएको राष्ट्रिय परिचयपत्रमा सर्बसाधारणको उत्साह देखिएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ५५ हजार भन्दा बढीले उक्त परिचयपत्र प्राप्त गरिसकेका छन् । सिंहदरबारभित्र रहेका ७ हजार जनसंख्यामध्ये ४ हजार ५ सय र पाँचथरको फिदिम नगरपालिकाका ८२ हजार जनसंख्यामध्ये ५० हजार जनाले राष्ट्रिय परिचयपत्र पाएका हुन् ।

केन्द्रका अनुसार फिदिम नगरपालिकासँगै पाँचथर जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि फोटो संकलन र बायोमेट्रिक लिनका लागि टोली गाउँगाउँमा खटिएका छन् । टोलीले लिएको फोटो, बायोमेट्रिक र नागरिकताको विवरण अनुसारका व्यक्तिगत विवरणहरु केन्द्रीय प्रणालीमा आएपछि परिचयपत्र बन्ने र टोलीले सम्बन्धित गाउँमा नै गएर परिचयपत्र वितरण गर्ने केन्द्रका निर्देशक शिवरञ्जन पौडेलले जानकारी दिए । हाल दश औंलाको मात्रै बायोमेट्रिक लिने गरेको भए पनि अब भने आँखाको रेटिनाको समेत पिक्चर लिने तयारी गरिएको हो ।

LS Auto

पाइलट प्रोजेक्टमा उत्साह देखिएसँगै केन्द्रले दुई बर्षभित्र देशभरका ७७ ओटै जिल्लामा वितरण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँचथर र सिंहदरबारमा पूर्ण रुपमा वितरण सकेपछि आगामी बर्ष सात प्रदेशका १५ जिल्लामा वितरण गर्ने तयारी गरेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश १ को झापा र संखुवासभा, प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको स्याङ्जा र तनुहँ, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्लामा परिचयपत्र वितरण हुने बताइएको छ ।

किन लिने राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्रलाई हालको नागरिकताको प्रतिस्थापनको प्रमाणपत्र मानिन्छ । यद्यपि हाल संविधानले नै नागरिकता र राष्ट्रिय परिचयपत्रलाई छुट्टाछुट्टै रुपमा व्याख्या गरेको अवस्थामा यो नागरिकताको प्रतिस्थापन नै हो भन्न मिल्दैन । यद्यपि देशभर यसको पुहँच पुगेपछि र व्यापक प्रयोग भएपछि राष्ट्रिय परिचयपत्रलाई नै डिजिटल नागरिकताको मान्यता दिने सम्भावना रहेको अधिकारीहरु बताउँछन् । यद्यपि हाल नागरिकताकै आधारमा यो प्रमाणपत्र बनाइएको छ र प्रमाणपत्र धारकले परिचयपत्रसँगै नागरिकता पनि सँगै राख्न सक्नेछन् ।

राष्ट्रिय परिचयपत्रमा नागरिकतामा उल्लेख भएका सबै विवरणहरुका अतिरिक्त व्यक्तिको दशओटै औंला छाप र आँखाको रिटिनाको बायोमेट्रिक (जैविक) विवरणहरु समेत समावेश गरिएको हुन्छ । हाल आमा/बाबुको नाममात्र हुने उक्त परिचयपत्रमा कानूनले परिवार मान्ने सम्पूर्ण सदस्यको रेकर्ड रहने र केन्द्रीय प्रणालीले त्यसलाई स्वतः पढ्न सक्ने व्यवस्था हुने बताइएको छ । हाल सवारी चालक अनुमतिपत्र, नागरिकताको परिचयपत्र, पासपोर्ट लगायतका सरकारी परिचयपत्र जस्तै काम गर्ने उक्त परिचयपत्र देशभर लागु भएसँगै सम्पूर्ण सरकारी र सार्वजनिक क्षेत्रहरुमा त्यसलाई इन्ट्रिगेसन गरिने योजना रहेको निर्देशक पौडेलको भनाई थियो ।

यस्तो अवस्थामा जुनकुनै सेवा लिएको अवस्थामा कयौं ठाउँमा एउटै विवरण बुझाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ । हाल नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको परिचय (केवाईसी) खुल्ने गरी विवरण लिन र अद्यावधि गर्न भनेको छ । राष्ट्रिय परिचयपत्र लागु भइसकेपछि ग्राहकले समय समयमा त्यसरी रेकर्ड अद्यावधि गर्नुपर्नेे अवस्थाको समेत अन्त्य हुने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिको वैयक्तिक विवरणमा हुने परिवर्तनलाई पनि सजिलै चिन्ने काम गर्छ । कुनैपनि व्यक्तिको विवाह, बसाईँसराई, मृत्यु घटनाहरुको सरकारी रेकर्ड कायम हुनेवित्तिकै उससँग सम्बन्धित सम्पूर्ण व्यक्तिको वैयक्तिक विवरणमा समेत त्यो विवरण रेकर्ड हुने बताइएको छ । यसले आर्थिक एवं पारदर्शिता कायम हुनुको साथै र आतंकवाद र भ्रष्टाचार नियन्त्रण हुने तथा एउटै व्यक्तिले दोहोरो सुविधा लिने वातावरणको समेत अन्त्य हुने अपेक्षा सरकारको छ ।

कति सुरक्षित छ परिचयपत्र ?

राष्ट्रिय परिचयपत्र पूर्ण रुपमा सुरक्षित रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक पौडेल बताउँछन् । गृह मन्त्रालय परिसरमै रहेको सेक्युरिटी मेसिनमा हाल परिचयपत्र छापिने गरेको र त्यसको प्रविधि र जनशक्ति आफैसँग भएकोले यस्तो विवरणहरुको दुरुपयोग हुने सम्भावना नभएको उनको भनाई थियो । यो प्रविधि भने फ्रान्सको आइडीमिया कम्पनीबाट ल्याइएको हो । हाल उक्त मेसिनले प्रतिघण्टा ५०० ओटा परिचयपत्र छाप्ने क्षमता राख्ने बताइएको छ । हालसम्म वितरण भएका करिब ५५ हजार परिचयपत्रहरु त्यही मेसिनले छापेको उनले बताए । सरकारले सूचना प्रविधि पार्कमा नयाँ क्षमता र प्रविधिको सेक्युरिटी मेसिन ल्याएपछि भने त्यो छपाई त्यहाँ सर्नसक्ने उनले बताए ।

सार्वजनिक निकायहरुमा परिचयपत्रको प्रयोग गर्दा त्यस्ता निकायहरुको आवश्यकता र औचित्यको आधारमा व्यक्तिको गोप्यता भंग नहुने गरी सीमित पहुँच (लिमिटेड एक्सेस) दिने व्यवस्था समेत गरिने बताइएको छ । यसो हुँदा हरेक निकायलाई आवश्यकता अनुसार व्यक्तिको वैयक्तिक विवरण हेर्नसक्ने गरी सुविधा उपलब्ध हुने अवस्था सिर्जना हुनेछ ।

कसरी लिने, कति लाग्छ शुल्क ?

सरकारले एउटा परिचयपत्रको लागि हाल २.६१ युरो शुल्क तिर्दै आए पनि सर्वसाधारणका लागि भने यो सेवा निःशुल्क रुपमा दिने केन्द्रको योजना छ । हाल पाँचथर र सिंहदरबारमा समेत यस्तो परिचयपत्र निःशुल्क वितरण भइरहेको छ । सुरुमा यस्तो परिचयपत्र वितरणको लागि सरकारी टोली सम्बन्धित गाउँमै गएर विवरण संकलन गर्ने र परिचयपत्र समेत गाउँमै लगेर बाँड्ने भए पनि निश्चित समयपछि भने त्यस्तो योजना सकिने बताइएको छ । टोली गाउँमा जान छाडे पनि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा केन्द्रको स्थायी कार्यालय रहने र त्यहाँबाटै नियमित सेवा पाइने बताइएको छ । यो योजनाको पूर्ण कार्यान्वयनले डिजिटल नेपालको सरकारी लक्ष्यको महत्वपूर्ण हिस्सा पूरा गर्ने अपेक्षा केन्द्रले लिएको छ ।(विकास न्युजबाट)

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.