न्यू सृष्टि दैनिकको आठौं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनबढी सम्मानित

२३ फागुन ७५, शुक्रबार

विराटनगर, फागुन २३
विराटनगरबाट प्रकाशित हुँदै आएको न्यू सृष्टि दैनिकले आठौं वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने दुई दर्जन व्यक्तिलाई सम्मान गरेको छ । वीरेन्द्रसभा गृहमा बिहीबार आयोजित कार्यक्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई म्यान अफ इयरबाट सम्मान गरेको छ ।

मोरङका १७ वटा स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट काम गरेबापत ढकाललाई सम्मान गरिएको पत्रिकाका अध्यक्ष शंकर खरेलले बताए । त्यस्तै स्वास्थ्य क्षेत्रबाट डा. ज्ञानेन्द्रमानसिंह कार्की, गायनबाट आनीछोइङ डोल्मा, रामा मण्डल, कलाकारिताबाट मनोज गजुरेल, खेल क्षेत्रबाट पारस खड्का र पारस लुनिया सम्मानित भएका छन ।

Advertisement

त्यस्तै कार्यक्रममा पत्रिकाले साहित्यकार कृष्ण कोइराला चारघरे, पत्रकार कुमार लुइँटेल, गोपाल काफ्ले, समाजसेवी उज्वल प्रसाईं, शिक्षासेवी ज्ञानबहादुर खड्का, युवा उद्यमी पुनित सारडा, प्रतिभा रिजाल, युक्ति गोल्छा, श्रुति शर्मा, अनुपम राठीलाई पनि सम्मान गरेको छ । जाजु ग्रुपले स्थापना गरेको छात्रवृत्ति विसिका थापा र मनिष ऋषिदेवलाई प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुबोको माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । पत्रिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई पनि नगदसहित पुरस्कृत गरेको थियो । न्यू सृष्टि दैनिकलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजाने प्रकाशकसमेत रहेको खरेलले बताए । कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top