विराटनगर, पुस २६
सवारी चालक अनुमतिपत्रको फारमा अव अनलाईनबाटै भर्न सकिने भएको छ । सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अनावश्यक भिड भएको भन्दै अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको हो ।
कर्णालीबाहेकका सबै कार्यालयबाट दैनिक निश्चित कोटा तोकेर अनलाइन आवेदन लिन सकिने व्यवस्था गरेको यातायात व्यवस्था विभागले जनाएको छ । मंगलबारदेखि यातायात कार्यालयमा गएर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी पुस २५ गतेदेखि विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याउन भनेको हो ।