नेपाल भारत संयुक्त बैठक : कोशी र नारायणीमा पानीजहाजबारे स्थलगत अध्ययन

Share this
737shares

काठमाडौँ : नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । बैठक शुक्रबारसम्म चल्ने छ ।

Advertisement

यसअघि मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका तीन हप्तापछि नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा मङ्लबार र बुधबार सम्भाव्यता अध्ययन गरेको हो ।

Advertisement

त्यसक्रममा नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरिएको उर्जा, जल तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।,यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top