रिजालको कम्पनीले ल्यायो गर्मीमा पनि पानी नतात्ने टंकी

२३ फागुन ७५, बिहीबार
Share this
720shares

विराटनगर, फागुन २३

Advertisement

रिजालको कम्पनीले विश्वमै पहिलो पटक पाँच लेयरको रिजालको कुल ब्लो ब्राण्डका नयाँ टंकीको उत्पादन सुरु गरेको छ । गर्मी मौसममा पानी नतातियोस् भन्ने उद्देश्यसहित रिजालकोले इन्सुलेटेड ब्लो टेक्नोलोजीका टंकी उत्पादन गरी बजारमा ल्याएको हो ।

नयाँ नयाँ किसिमले टंकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले यो समेत ६ पटक फरक फरक प्रविधिबाट टंकीहरु उत्पादन गरी सकेको छ । ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै समयानुकुल नयाँ नयाँ प्रविधि अवलम्बन गरी पटक पटक नौलो प्रस्तुति सहितका उत्पादनहरु कम्पनीले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सन् १९९३ देखि रिजालको कम्पनीले पानी राख्ने टंकी उत्पादन गर्दै आएको छ ।

Advertisement

सन् १९९४ मा कम्पनीले रिजालको, पोलिटेंक, सितल, पशुपति र हिमाल गरी ५ वटा ब्राण्ड र डिजाईनमा टंकीहरु उत्पादन सुरु गरेको थियो । त्यस पश्चात् सन् १९९६ मा धुलो, किरा तथा टंकी भित्र पानी पसी दुसित बनाउने समस्यालाई समाधान गर्नका लागि एशियामै पहिलो पटक गुणावाला विर्कोको टंकी उत्पादन गरी नेपाली बजारमा ल्याएको थियो । सन् १९९७ मा ग्राहकहरुले आफ्नो रोजाई अनुसारका विभिन्न रंगका टंकी खरिद गर्न सकुन भन्ने उद्देश्यले नेपालमै पहिलो पटक विभिन्न आकर्षक रंगहरु का टंकीहरु उत्पादन शुरु गरेको थियो ।

टंकीमा देखा पर्न सक्ने समस्याहरुको पूर्वानुमान गरी निरन्तर सुधार गर्दै आई रहेको रिजालको कम्पनीले सन् २०१६ बाट सूर्यको किरण तथा बढी गर्मीको कारणले टंकी फुटने समस्यालाई समाधान गन तीन लेयर ब्लो टेक्नोलोजीको प्रयोग गरी उत्पादन सुरु गरी विक्री वितरण गर्दै आएको छ । कम्पनीको ‘फुटदैन जे गरे नी फुटदैन’ भन्ने नारा अनुरुपै सफलतापूर्वक ख्याति कमाउँदै आएको छ । उच्च एवं नविनतम प्रविधिहरुका टंकीहरु उत्पादन गर्नुका अलावा रिजालको कम्पनीले सि.पी.भि.सी. पाईपहरुको पनि उत्पादन गर्दै आई रहेकोमा हाल एक वर्ष नवित्दै आठ इन्च सम्मका पि.भि.सी. र एच.डि.पी.ई. पाईप र फिटिङ्सहरुको उत्पादन थालिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top