×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

जब प्रधानमन्त्री ओलीले गाडी रोकेर बालिकालाई हजारको नोट दिए…

२३ फाल्गुन २०७५

झापा ,फागुन २३

झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे ।मंगलबारको कुरा हो यो ।

Advertisement
Advertisement

आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।

करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर एक्कासी रोकियो । त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिए ।

झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो । सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट भनियो– ‘नातिनीलाई यता ल्याउनुस् त !’

झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।

र, झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीलाई देखेर अनि आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्कै परे । एकछिन त विश्वाश नै गर्न सकेनन्, अक्क न वक्क परे ।

प्रधानमन्त्री ओलीले दोहोर्याएर भने– ‘नातिनीलाई यता ल्याउनुस् त !’

हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरमा लगे । २८ महिनाकी पुष्पालाई ओलीले बोक्न खोजे । तर, सुरक्षाकर्मीले घेरिएका नौलो मानिसलाई देखेर पुष्पा रुन थालिन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिए । अनि चाहिँ पुष्पा खुसी भइन् । थपक्क नोट समाइन् र मुसुक्क हासिन् ।

ओलीले पुष्पालाई नमस्कार गरे । पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् ।

ओलीले बाइबाई गरे । पुष्पाले पनि बाइबाइ गरिन् ।

त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो । हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् ।

प्रधानमन्त्री गएपछि हजुरबा र नातिनीको वरिपरी गाउँले भेला भए ।

‘प्रधानमन्त्रीले नातिनीलाई दिएको पैसा केमा खर्च गर्नुहुन्छ ?’ गाउँमै उपस्थित सनराइज खबर संवाददाताले खतिवडालाई सोध्यो ।

Advertisement

खतिवडाले भने– ‘खै के गरौं हजुर ? पढाइमा लाइदिउँ कि बाख्राको पाठो किन्दिउँ ? म सोच्दैछु ।’ (सनराईज खबरबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top