×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नेपालमा विदेशीले सेक्युरिटी प्रिन्टिङ प्रेस खोल्न पाउने, मिडिया चलाउन नपाउने

२६ फाल्गुन २०७५

काठमाडौं । अब नेपालमा विदेशीले सेक्युरीटी प्रिन्टिङ प्रेसमा लगानी गर्न पाउने भएका छन् । यस अघि, विदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा सेक्युरीटी प्रिन्टिङ प्रेसमा विदेशी लगानी भित्रिन नदिने उल्लेख थियो । सो ऐन संसोधनका लागि संसदमा पुगेका विधेयकमा भने सेक्युरीटी प्रिन्टिङ प्रेसलाई लगानी गर्न नपाइने सूचिबाट हटाईएको छ ।

हाल नेपाल सरकार आफैंले सेक्युरीटी प्रिन्टिङ प्रेस स्थापना गरेर नेपाली नोट, मेसिन रिडेबल पासपोर्ट लगायतका सम्वेदनशिल छपाईको काम आफैं गर्ने योजना बनाईरहेको छ । तर विदेशी लगानी भित्र्याउने नाममा सरकारले सेक्युरीटी प्रिन्टिङ प्रेसमा पनि लगानी खुला गर्न लागेको हो । यसै गरि, ऐनले नेपालमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन लगायतका आम सञ्चार माध्यमहरुमा भने विदेशी लगानीलाई रोक लगाएको छ । सँगै राष्ट्र भाषाको चलचित्रमा पनि विदेशी लगानी अस्विकार्य भनिएको छ ।

Advertisement
Advertisement

संसदमा छलफलको चरणमा पुगेको ऐनले घरेलु उद्योगमा समेत लगानी गर्न सकिने व्यवस्था गरेको भन्दै विरोध भैरहेको छ । त्यस्तै, दुग्ध उद्योगमा पनि विदेशी लगानी खुुला गर्न लागिएको भनेर आलोचना भैरहेको छ ।

प्रस्तावित विधेयकमा लगानीका लागि बन्देज गरिएका क्षेत्र
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को संसोधन विधेयकमा ऐनको संसोधन विधेयकको दफा ३ को उपदफा (२) को अनूसूचिमा निम्न उद्योगहरुमा विदेशी लगानी वर्जित गरिएको छ |

१) कुखरापालन, व्यक्तिगत सेवा व्यवसाय(जस्तो कपाल काट्ने, सिलाई (टेलरीङ्ग), ड्राइभिङ आदि)
२) हात हतियार, खरखजाना, गोली गठ्ठा, बारुद वा विष्फोटक पदार्थ तथा न्यूक्लियर, बायोलोजिकल तथा
केमिकल(एन.बी.सी.) हतियार उत्पादन गर्ने उद्योग, आणविक शक्ति(एटोमिक इनर्जी)
विकीरणजन्य सामग्री(रेडियो एक्टिम मेटेरियल्स) उत्पादन गर्ने उद्योग
३) घर जग्गा खरिद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा,
स्थानीय क्याटरिङ्ग सेवा, मनि चेन्जर, रेमिटेन्स सेवा,
४) पयर्टनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शक, होमस्टे लगायतका ग्रामिण पर्यटन
५) आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय,
६) नेपाल सरकारले तोकेको भन्दा कम लगानी हुने शैक्षिक परामर्श दिने व्यवसाय एंव संस्थाहरु, भाषा
तालीम, संगीत तालीम र तोकिएको रकम भन्दा कम विदेशी लगानी हुने कम्प्युटर तालीम र एकाउन्न
प्रतिशतभन्दा बढी विदेशी लगानी हुने व्यवस्थापन, लेखा, इञ्जिनियरिङ्ग, कानूनी परामश सेवा व्यवसाय लगायतका क्षेत्रमा विदेशी लगानी वर्जित गरिएको छ ।

पुरानो ऐनमा विदेशी लगानी निषेध गरिएका क्षेत्र 
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३, उपदफा(४) अनुसार अनूसूचिमा निम्त लिखित उद्योगमा विदेशी लगानी गर्न नपाउने उल्लेखछ ।

१) घरेलु उद्योग
२) व्यक्तिगत सेवा व्यवसाय (जस्तो कपाल काट्ने, श्रृंगार गर्ने, सिलाई (टेलरिङ), ड्राइभिङ्ग तालिम आदि व्यवसाय)
३) हात हतियार तथा खरखजाना उद्योग .
४) गोलीगठ्ठा, बारुद
५) विकीरणजन्य पदार्थ (रेडियोएक्टीभ मेटेरियल्स्) सम्बन्धी उद्योग
६) घरजग्गा खरिद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेक) .
७) चलचित्र व्यवसाय ( …………राष्ट्र भाषाको) .
८) सुरक्षात्मक छपाइ (सेक्युरीटी प्रिन्टिङ्ग) .
(मुद्रा तथा सिक्का व्यवसाय)
९) अन्तर्राष्ट्रिय श्रृङखलाको रूपमा तत्काल दुईभन्दा बढी मुलुकमा कारोबार गरिरहेको खुद्रा व्यवसाय (रिटेल बिजनेस)
७. …… …… ……बिडी, …… …… ……(() प्रतिशतभन्दा बढी निकासी गर्ने
बाहेक) .
८. आन्तरिक कुरियर सेवा .
९) आणविक शक्ति (एटोमिक इनर्जी)
१०) कुखरा पालन
१२) माछा पालन
१३) मौरी पालन
१४) एकाउन्न प्रतिशतसम्म विदेशी लगानी भएको परामर्श सेवा बाहेक अन्य परामर्श सेवा
व्यवसाय, व्यवस्थापन, लेखा, इन्जिनीयरिङ्ग, कानुनी जस्ता व्यवसायहरू
१५) ब्युटी पार्लर
१६) भाडामा खाद्यान्न क’टानी, पिसानी र पेलानी गर्ने कार्य
१७) स्थानीय क्याटरिङ्ग सेवा
१८) ग्रामीण पर्यटन

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top