जलविद्युत उत्पादन क्षमतामा सुदूरपश्चिम सबैभन्दा अघि, प्रदेश २ कमजोर

काठमाडौँ । विकासका दृष्टिले पछि परेको सुदूरपश्चिम प्रदेशमा जलविद्युुत उत्पादन हुन सक्ने क्षमतामा भने सबैभन्दा धेरै देखिएको छ । प्रदेश ७ अर्थात सुदूरपश्चिम प्रदेशमा १८ हजार १ सय ४९ मेघावाट विद्युत उत्पादन क्षमता रहेको छ । समृद्ध नेपालका लागि जलविद्युत सम्बन्धी सोमबार आयोजित विचार गोष्ठीमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) का अध्यक्ष शैलेन्द्र गरागाईँले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

विद्युत उत्पादन हुन सक्ने क्षमताका आधारमा प्रदेश नम्बर २ सबैभन्दा कमजोर पाइएको छ । प्रदेश नम्बर २ मा २ सय मेघावाट मात्रै बिजुली उत्पादन क्षमता रहेको छ । प्रदेश नम्बर ५ मा १४ हजार ३०, प्रदेश १ मा १२ हजार ९ सय ५३, प्रदेश ३ मा १२ हजार ६ सय ३१, प्रदेश ६ मा ११ हजार ८ सय ३ र प्रदेश ४ मा १० हजार २ सय २८ मेघावाट बिजुली उत्पादन हुन सक्ने क्षमता रहेको छ ।

औद्योगिक क्षेत्रमा खपत कम
विश्वको उर्जा खपतको अवस्थालाई हेर्दा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ५१ प्रतिशत उर्जा खपत भएको देखिन्छ । तर, नेपालमा भने सबैभन्दा बढी आवासीय प्रयोजनमा ८० प्रतिशत विद्युत खपत हुने गरेको छ । विश्वको अवस्था हेर्दा औद्योगिक प्रयोजनमा ५१ प्रतिशत, यातायातमा २६.६ प्रतिशत, आवासीय प्रयोजनमा १३.९ प्रतिशत र व्यवसायिक प्रयोजनमा ७.८ प्रतिशत विद्युत खपत भएको तथ्याङ्कले देखाउँछ ।

Advertisement

कार्यक्रममा अध्यक्ष गुरागाईँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालमा आवासीय प्रयोजनका लागि ८० प्रतिशत, औद्योगिकमा ८ प्रतिशत, यातायातमा ७ प्रतिशत, व्यवसायिकमा ४ प्रतिशत र कृषिमा १ प्रतिशत मात्र विद्युत खपत हुने गरेको छ ।

पेट्रोलिम पदार्थको भण्डारण क्षमतामा नेपाल कमजोर
इजरायलमा २७० दिनका लागि पेट्रोलियम पदार्थ भण्डारण क्षमता हुँदा दक्षिण कोरियामा २४०, जापानमा १३७, चीनमा १३५, अमेरिकामा १२०, स्वीडजरल्याण्डमा ९०, थाइल्याण्डमा ७०, फ्रान्समा ५५, भारतमा ५० र नेपालमा भने १७ दिनको मात्र भण्डारण क्षमता रहेको छ ।
जसका कारण विगतमा भारतले गरेको नाकाबन्दीका बेला मुलुकमा खाना पकाउने एलपीजी ग्यासको हाहाकार भएको थियो । २० प्रतिशत मात्र सवारीका साधान सडकमा गुड्न सकेका थिए भने अस्पतालमा अक्सिजन र औषधीको हाराकार भएको थियो ।

Advertisement

आयोजना निर्माण स्वीकृतिमा झण्झटिलो प्रक्रिया
कुनै आयोजना निर्माणका लागि स्वीकृति लिन खोज्यो भने हरेक कार्यालयमा कम्पनीमा पनि १० दिनदेखि बढीमा ६ महिनासम्म फाइल अड्कने गरेको कार्याक्रममा सहभागीले गुनासो गरेका थिए । ६-७ वटा मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानूनी धाराहरु टेकेर एउटा आयोजना निर्माण गर्नु पर्ने अवस्था रहेको कार्यक्रममा बताइयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top