‘दाल भात तरकारी’को शिर्ष गीत रिलिज (भिडियो)

१ चैत ७५, शनिबार

काठमाडौँ, चैत १
मह संचार र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । यसअघि रिलिज भएको ‘भिजिट भिषामा’बोलको गीतको सफलतासँगै निर्माण पक्षले शुक्रबार दोस्रो गीत रिलिज गरेको हो ।

गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । गीत रिलिजसँगै निर्माण पक्षले आफ्नो प्रदर्शन मिति सारेको बताएको छ ।यसअघि बैशाख १३ गते रिलिज हुने भनिएको चलचित्र अब बैशाख २० गते रिलिज हुने छ ।

चलचित्र दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ ।

Advertisement

चलचित्रका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top