शक्ति केन्द्रीकरण गर्नतिर प्रधानमन्त्री : सेना परिचालनको अधिकार पनि आफैंमा राख्नेगरी विधेयक दर्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफू मातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन्। राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालय लगायत १८ वटा निकाय प्रधानमन्त्री मातहत ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन्।

Advertisement

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफू अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैंमा राख्नेगरी मस्यौदा तयार गरी संसद्मा दर्ता गराएका छन्।

सो विधेयकको दफा ६ मा नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ। ,यो समाचार आजको नागरिक दैनिक छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top