विराटनगरमा प्रदेश प्रमुखदेखी पत्रकार सम्मले यसरी मनाए होली(फोटो फिचर)

६ चैत ७५, बिहीबार

विराटनगर, चैत ७
फाल्गुण पूर्णीमाको अबसर पारेर आज तराईका जिल्लाहरु होली पर्व हर्सो उल्लासका साथ मनाइदैछ । पहाडी र हिमाली भेगमा बुधबार होली खेलीएपनी तराइमा आज मनाइदैछ ।

मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गहरुको पर्व होलीलाई पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ ।

होलीको अवसरमा तराईका जिल्लामा ‘जोगिरा’ समेत गाउने चलन छ । बिशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरुले यो पर्व हर्ष उल्लासका साथ राउँछन् ।

Advertisement

होली वर्पका अबसरमा तराइमा ‘मट्का’ फुटाउने चलन छ भने विभिन्न खेलहरु खेलेर समेत होली पर्व मनाइन्छ । आज विराटनगर बजारमा दिनैभरी एक आपसमा अविर तथा रंग दलेर होली खेलिने गरिएको छ ।

आजका दिन शत्रुसँग पनि होली खेल्दा मित्रता बढ्ने विश्वास गरिन्छ । होली पर्वमा चिनेजानेका मात्र नभई सडकमा आवत जावत गर्ने जोकोही सँग पनि रंग लगाएर होली खेल्ने चलन छ ।

Advertisement

होली पर्वको अबसरमा विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सामुहिक होली पर्व मनाइएको छ । होली पर्वको अबसरमा विहानै नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष नियमित होली पर्वका अबसरमा आयोजन गर्ने कार्यक्रम यो वर्ष पनि आयोजना गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधनराइ, प्रदेश सरकारका मन्त्रीहरु, पार्टीका प्रदेश सह ईन्चार्ज साबित्रीकुमार काफ्ले, प्रतिनिधिसभा, राष्ट्रियसभा प्रदेशसभाका सांसदहरु, नेकपा केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, गोपी अछामी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल लगायत सयौँ नेता कार्यकर्ताहरुले एक आपसमा अविर लगाउँदै सामुहिक नाचगान गरेर होली मनाए ।

सो अबसरमा मुख्यमन्त्री राईले नेता कार्यकर्ताहरुलाई अविर लगाएर होलीको शुभकामना व्यक्त गरे । कार्यकर्ताको उल्लासले हौसिएका मुख्यमन्त्री राई केहीवेर कम्मर मर्काउँदै नाँचेका थिए ।

त्यस्तैे होली पर्वकै अबसरमा विराटनगर महानगरपालिकाले होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्वको अबसरमा आयोजित सो कार्यक्रममा प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले महानगरका मेयर भीम पराजुली पराजुलीलाई अविर दलेर होली खेलेका थिए ।

त्यस्तै विराटनगरका पत्रकारहरुले समेत सामुहिक खोली खेलेका छन् । वर्षदिनभरी समाचार संकलनमा व्यस्त रहने पत्रकारहरुले वर्षमा एक पल्ट यसरी होली खेल्ने गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङ परिसरमा आयोजना गरिएको कार्यक्रममा मोरङका कृयाशिल पत्रकारहरुले सामुहिक भेला भइ रंग दल्दै नाचगान गरेर होली पर्व मनाएका छन् ।

यस्तै विराटनगरमा आज विभिन्न राजनितिक दल, संघसंस्था तथा संगठनहरुले पनि होली पर्बका अबसरमा कार्यक्रम आयोजना गरेका छन् । होलीकै अबसरमा विराटनगरका दर्जनौँ स्थानमा ‘मट्का’ फुटाउने कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top