Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा प्रदेश प्रमुखदेखी पत्रकार सम्मले यसरी मनाए होली(फोटो फिचर)

विराटनगरमा प्रदेश प्रमुखदेखी पत्रकार सम्मले यसरी मनाए होली(फोटो फिचर)

विराटनगर, चैत ७
फाल्गुण पूर्णीमाको अबसर पारेर आज तराईका जिल्लाहरु होली पर्व हर्सो उल्लासका साथ मनाइदैछ । पहाडी र हिमाली भेगमा बुधबार होली खेलीएपनी तराइमा आज मनाइदैछ ।

मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गहरुको पर्व होलीलाई पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ ।

होलीको अवसरमा तराईका जिल्लामा ‘जोगिरा’ समेत गाउने चलन छ । बिशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरुले यो पर्व हर्ष उल्लासका साथ राउँछन् ।

होली वर्पका अबसरमा तराइमा ‘मट्का’ फुटाउने चलन छ भने विभिन्न खेलहरु खेलेर समेत होली पर्व मनाइन्छ । आज विराटनगर बजारमा दिनैभरी एक आपसमा अविर तथा रंग दलेर होली खेलिने गरिएको छ ।

आजका दिन शत्रुसँग पनि होली खेल्दा मित्रता बढ्ने विश्वास गरिन्छ । होली पर्वमा चिनेजानेका मात्र नभई सडकमा आवत जावत गर्ने जोकोही सँग पनि रंग लगाएर होली खेल्ने चलन छ ।

होली पर्वको अबसरमा विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सामुहिक होली पर्व मनाइएको छ । होली पर्वको अबसरमा विहानै नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष नियमित होली पर्वका अबसरमा आयोजन गर्ने कार्यक्रम यो वर्ष पनि आयोजना गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधनराइ, प्रदेश सरकारका मन्त्रीहरु, पार्टीका प्रदेश सह ईन्चार्ज साबित्रीकुमार काफ्ले, प्रतिनिधिसभा, राष्ट्रियसभा प्रदेशसभाका सांसदहरु, नेकपा केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, गोपी अछामी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल लगायत सयौँ नेता कार्यकर्ताहरुले एक आपसमा अविर लगाउँदै सामुहिक नाचगान गरेर होली मनाए ।

सो अबसरमा मुख्यमन्त्री राईले नेता कार्यकर्ताहरुलाई अविर लगाएर होलीको शुभकामना व्यक्त गरे । कार्यकर्ताको उल्लासले हौसिएका मुख्यमन्त्री राई केहीवेर कम्मर मर्काउँदै नाँचेका थिए ।

त्यस्तैे होली पर्वकै अबसरमा विराटनगर महानगरपालिकाले होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्वको अबसरमा आयोजित सो कार्यक्रममा प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले महानगरका मेयर भीम पराजुली पराजुलीलाई अविर दलेर होली खेलेका थिए ।

त्यस्तै विराटनगरका पत्रकारहरुले समेत सामुहिक खोली खेलेका छन् । वर्षदिनभरी समाचार संकलनमा व्यस्त रहने पत्रकारहरुले वर्षमा एक पल्ट यसरी होली खेल्ने गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङ परिसरमा आयोजना गरिएको कार्यक्रममा मोरङका कृयाशिल पत्रकारहरुले सामुहिक भेला भइ रंग दल्दै नाचगान गरेर होली पर्व मनाएका छन् ।

यस्तै विराटनगरमा आज विभिन्न राजनितिक दल, संघसंस्था तथा संगठनहरुले पनि होली पर्बका अबसरमा कार्यक्रम आयोजना गरेका छन् । होलीकै अबसरमा विराटनगरका दर्जनौँ स्थानमा ‘मट्का’ फुटाउने कार्यक्रम आयोजना गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.