काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अनिवार्यमा नेपालीमा ए प्लस, अंग्रेजीमा ए भन्ने मात्रै हुन्छ ।