×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

माथिल्लो तामाकोशी हरेक घरको चासो

१० चैत्र २०७५

लामाबगर,चैत १०

कुनै समय स्वदेशी लगानीमा निर्माण गर्न हुन्न, विदेशी लगानी खोज्नु पर्छ भन्दै निर्माणमा लैजान नै ढिलाइ गरिएको माथिल्लो तामाकोशी करीब सम्पन्न हुने चरणमा पुगेको छ । विद्युत् उत्पादन शुरु नै नभई आयोजनाको काम त अन्तिम हुँदैन । भौतिक निर्माणका आधारमा हेर्दा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी करीब ९८ प्रतिशत निर्माण सकिएको छ ।

आयोजनाका केही महत्वपूर्ण काम बाँकी छन् । त्यसमा दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको छ । सो काम सम्पन्न गर्न मात्रै करीब २७० दिन लाग्दछ ।

यस्तै बाँधस्थलमा केही काम बाँकी छन् । विद्युत्गृह निर्माण भइसकेको छ । प्रसारण लाइनका केही टावर मात्रै निर्माण गर्न बाँकी छन् । आगामी मङ्सिरभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ युद्धस्तरमा काम भइरहेको छ । आयोजनामा कुनै पनि समस्या नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले आयोजनाको पछिल्लो अवस्थाका बारेमा स्थलगत अध्ययन गरेको छ ।

हरेक महिना उच्चस्तरीय बैठक

स्वदेशी लगानीमा दोलखाको लामाबगरमा निर्माणाधीन कूल ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने र उत्पन्न हुने समस्या समाधान गरिने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजना स्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्नेछन् । बैठकमा निर्माणमा रहेका समस्यामाथि छलफल गरी आयोजना स्थलमै समाधान गरिनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुन, आयोगका सदस्य ओली र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले शुक्रबार र शनिबार निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी हरेक महीना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

टोलीले निर्माणाधीन भौतिक संरचनाको निरीक्षण गरी आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, नयाँ कार्यतालिकाअनुसार काम सक्न देखिएका समस्या तथा चुनौती, समाधानका उपायलगायतका विषयमा छलफल गरेको थियो ।

आन्तरिक विद्युत् उत्पादनबाट मुलुकको ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण मानिएको आयोजनाकोे पछिल्लो अवस्थाको निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, चुनौती र त्यसको समाधानका उपायका बारेमा जानकारी लिन उच्चस्तरीय टोली आयोजना स्थल पुगेको हो । ठेकेदार कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

एक ठेकेदार प्रतिनिधिको भनाइ छ, ‘हामीलाई पनि आयोजना समयमै सकियोस् भन्ने चाहना छ । नेपाल सरकारको इच्छा र सद्भावलाई सम्बोधन गर्न हामी तोकिएको समयमा नै आयोजना सम्पन्न गर्छौं ।’

माथिल्लो तामाकोशी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउनले उल्लेख गर्दै मन्त्री पुनले आयोजना अहिले तय गरिएको समयतालिका अगाडि नै सम्पन्न गर्न निर्देशन दिए ।

‘गत वर्ष आउँदा एक वर्षमा ल्याउँछौँ भन्दा स्थानीयले दुई वर्ष लाग्ने बताएका थिए, त्यतिबेला विश्वास लागेको थिएन, जति लाग्छ त्यति भन्नुहोस्, छिट्टै सम्पन्न हुँदैछ भनेर अपेक्षा बढाइदिने तर काम नहुँदा हरेक निकायमा जवाफ दिनुपर्छ,” उनले भने । पहिले ढिलाइ हुनाका कारण थोरैलाई जानकारी दिए हुन्थ्यो, अहिले कम्पनीको शेयर सर्वसाधारणले किनिसकेका छन्, त्यसैले आयोजना कहिले आउँछ भन्ने चासो हरेक घरघरमा छ, निर्माण जति ढिलाइ हुन्छ त्यसको सामना गर्नुपर्ने उनको भनाइ छ ।

पुनले निर्माण जति ढिला हुन्छ त्यति नै हरेक चासो बढ्ने भएकाले समयमै काम पूरा गर्न निर्देशन दिँदै आयोजनाले ब्यहोरिरहेका समस्या समाधान गर्ने आफू जहिले पनि तयार रहेको बताए ।

गोरखा भूकम्पपछिका पराकम्पन एवं बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो–मेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको भनाइ छ ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को मङ्सिर महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । भारतीय कम्पनी टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि (आगामी मङ्सिर २०७६ मंसिर १५) भित्र पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ ।

आयोजनाको तल्लो ठाडो सुरुङ (पेनस्टक साफ्टमा ३७२ मिटर) मा पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ । टेक्सम्याकोकाले काम गर्न ढिलाइ गरेपछि यो काम गर्न अहिले इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । ऊर्जामन्त्री पुनको विशेष सक्रियतामा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।

पेनस्टक पाइन आयोजना स्थलमा ल्याइसकिएको छ भने जडानको समग्र प्रगति ३० प्रतिशत पुगेको छ । भूमिगत विद्युत् गृहमा टर्वाइन, जेनेरेटरलगायतका उपकरण जडान सकिएको छ । बाँधस्थलमा कङ्क्रिट र मुख्य सुरुङको कङ्क्रिट लाइनिङको कामको प्रगति क्रमशः ९९.६ र ५३.५ प्रतिशत पुगेको छ । प्रसारण लाइन तथा सबस्टेसन निर्माणको प्रगति ८५ प्रतिशत छ ।

एकतीस अर्ब ऋणको २० अर्ब ब्याज

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु ३५ अर्ब २९ करोड ४१ लाख थियो । निर्माण अवधिको ब्याज रु १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत रु ४८ अर्ब ८६ करोड थियो ।

त्यतिबेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो । अहिले आयोजनाको लागत रु ४९ अर्ब २९ करोड ५५ लाख (निर्माण अवधिको ब्याजबाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज रु १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत रु ६९ अर्ब ५९ करोड पुग्नेछ । आयोजनामा हालसम्म रु ४४ अर्ब सात करोड खर्च भइसकेको छ ।

नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिवृद्धिका कारण आयोजनालाई रु १२ अर्ब थप वित्तीय दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोएिको, बाँध स्थलतर्फ जाने सुरुङ मार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदेशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धिलगायतले गर्दा आयोजनाको लागत बढेको पाइएको छ ।

आयोजनाले क्षति पुगेको विद्युत् गृह गोङ्गरदेखि बाँध स्थल लामाबगरसम्मको पहुँच सडकमा पर्ने काभ्रेभिर नजीकै करीब ३६० मिटर सुरुङ मार्ग बनाएको थियो ।

आयोजनामा कर्मचारी सञ्चयकोषले रु १० अर्ब, नेपाल टेलिकमले रु छ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले रु दुई÷दुई अर्ब र अपुग रु ११ अर्ब आठ करोड सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले भन्दा महँगोमा ऋण प्रवाह गरेको बताए । ‘हरेक तीन–तीन महीनामा एकमुष्ट ब्याजदर तय हुन्छ, यसले गर्दा आयोजना महँगो बनिरहेको छ,’ उनले भने ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुई÷दुई प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखावासीको १०, सञ्चयकोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर लगानी छ ।–रमेश लम्साल /रासस

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top