काठमाडौँमा ब्रुमरले सङ्कलन गर्यो एकैरातमा १८ टन धुलो

१४ चैत ७५, शुक्रबार

काठमाडौँ ,चैत १३

काठमाडौँका सडकबाट ब्रुमर (यान्त्रिक कुचो) ले एकै रातमा १८ टन धुलो सङ्कलन गरेको छ ।

काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि सञ्चालनमा ल्याएको पाँच वटा बु्रमरले पहिलो रात पानीको कारण सडक सफा गर्न नपाएपनि गए राति सडक सफा गरेर उक्त परिणममा धुलो सङ्कलन गरेको हो । फागुन २८ गते इटलीबाट पाँच ब्रुमर काठमाडौँ ल्याइएको हो ।

Advertisement

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार बु्रमर सञ्चालनको लागि महानगरले बनाएको पाँच वटा सडक क्षेत्रअनुसार नै सडक सफा गर्दा १८ टन फोहर सङ्कलन भएको हो ।

कामपाले बनाएको सो सडक क्षेत्रअनुसार हरेक बेलुका ८ देखि बिहान ४ बजेसम्म दैनिक आठ घण्टा काम गर्ने गरी महानगरले मङ्गलबारबाट ब्रुमर सञ्चालन गरेको भएता पनि झरीको कारण बुधबारबाट धुलो सङ्कलन गरिएको हो ।

Advertisement

काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल भैरहेकोसमेत प्रवक्ताले जानकारी गराए ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाको जिम्मेवारीमा पर्छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसमा समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।

कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ ।

यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।

पछिल्लो समय निर्माण कार्य तीव्र रुपमा भई धुलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

पुनः निर्माण र पाइप बिच्छ्याउने कामले समस्या

भूकम्पपछि काठमाडौँको धेरै ठाउँमा पुनःनिर्माणको काम भइरहेको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्युटावर र बसपार्कका विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको कामपा वातावरण विभागले जनाएको छ ।

निर्माणको क्रममा प्रयोग हुने सामग्री यत्रतत्र छरेर राख्दा र त्यहाँबाट निस्कने फोहर अन्य यातायातका साधनले सडकमा ल्याउँदा समस्या भएको वातावरण विभागका प्रमुख हरि श्रेष्ठले बताए । त्यसैगरी मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले सफाइमा समस्या भएको कामपाले गुनासो गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माणको क्रममा प्रयोग हुने सामग्रीलाई पनि काम सकेपछि निश्चित स्थानमा राख्न र खानेपानीको पाइपको लागि खनिएको खाल्डाखुल्डी यस अघिजस्तो लामो समयसम्म नराखी तत्काल पुर्न अनुरोध गरे ।

यी ब्रुमर सञ्चालनको लागि हाल पाँच वटा सडक क्षेत्र तय गरिएको छ जसमा टेकुबाट शुरु गरी सोल्टीमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाँकाल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्म रहेको छ ।

त्यस्तै टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो क्षेत्रका सडक रहेको छ ।

टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौँ प्लाजासम्मको रहेको छ ।

दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरी धारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिनेछ ।

त्यस्तै कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुच्चेपाटी, बत्तीसपुतली, प्रदर्शनी मार्ग रहेको छ ।

पाँचौँ क्षेत्रअन्तर्गत न्युरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कूल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायणगोपाल चोक र चाबहिलको सडक सफा गर्नेछ ।

– शर्मिला पाठक /रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top