चतराघाटको कोशी पुलमा ट्रकबाट लडेर सह–चालकको मृत्यु

१४ चैत ७५, बिहीबार
Share this
703shares

विराटनगर, चैत १४
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटको कोशी पुलमा बिहीवार ट्रकबाट लडेर सोही ट्रकका सह–चालकको मृत्यु भएको छ । चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरेर ल्याउँदै गरेको को १ ख २५६९नम्बरको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सह–चालक उदयपुर बेलका नगरपालिका–८ बस्ने १९ वर्षीय हेमन्त मगर गम्भीर घाइते भएका थिए ।

Advertisement

लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उचारको क्रममा बिहान सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटना पश्चात ट्रकका चालक फरार रहेकोले खोजीकार्य भईरहेको र ट्रकलाई इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top