Nepal Times
Nepal Times
3
Shares

जनकपुर वमकाण्डः पूर्वमन्त्री सहित ७ जनालाई जन्मकैद

जनकपुर वमकाण्डः पूर्वमन्त्री सहित ७ जनालाई जन्मकैद

जनकपुर, चैत १४
पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।

यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय भएको छ । ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ । सुनिलकुमार पाण्डेले भने सफाइ पाएका छन् । प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव भने फरार छन् ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै । मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चोकमा धर्ना दिएका बेला बम विस्फोट भएको थियो । धर्ना स्थलमे भएको विस्फोटमा रंङ्गकर्मी रञ्जु झा, मैथिलीकर्मी झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.