NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jugabet regístrate y gana hoy con apuestas seguras बुधबार पुस ९ , २०८२
Gaziosmanpaşa Vip Elit Bayan बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँः प्रधानमन्त्री देउवा

मङ्लबार माघ २ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, २ माघ  ः प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गर्नुभएको छ ।

बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री देउवाले “विपद् जोखिम न्यूनीकराण नीति छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ, यससम्बन्धी ऐन २०७४ बनिसकेकाले सुरक्षित निर्माण संस्कृतितर्फ लाग्नुपर्छ,” भन्नुभयो ।

LS Auto

मूल समारोह समितिका अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दीर्घकालीन रुपमै जोखिम कम गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

“प्राकृतिक र गैरप्राकृतिक विपद्बाट बच्नका लागि भू–उपयोग नीति बनाई लागू गरिनुपर्छ, भवनसंहिता पालनामा पनि कडाइ गरिनुपर्छ, अब नेपालले हस्ताक्षर गरेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि अनुसारका व्यवस्था गरिनेछ”–उहाँले भन्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेकामध्ये ८८ हजार घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

“दुई लाख ४५ हजार घर पुनःनिर्माण भइरहेका छन्, भूकम्प प्रभावित २८२ स्थानीय तहमा दक्ष निर्माणकर्मीको तालिम भइरहेको छ, भूकम्पपीडितले घर बनाउन स्थानीय तहले एक हप्तामा नक्सा पास निःशुल्क गर्ने व्यवस्था गरिएको छ”–उहाँले भन्नुभयो ।

घर बनाउन नसक्ने ७५ वर्ष नाघेका वृद्ध÷वृद्धा, ६० वर्ष नाघेका एकल महिलाको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ । अशक्तको आवास पुनःनिर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो ।

प्राधिकरणले यसै आर्थिक वर्षदेखि धरहरा पुनःनिर्माण गर्ने तयारी गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरका चोक एवं गल्लीभित्र अहिले पनि टेको लगाएका घर रहेकाले बाटो हिँड्दा डर लाग्ने अवस्था रहेको बताउनुभयो । “महानगरमा निजी घर निर्माण गर्दा मात्र नक्सा पास हुने गरेको छ, सरकारी भवन, सांस्कृतिक सम्पदालगायत संरचनाको नक्सा पास हुँदैन, अब यी संरचनाको पनि नक्सा पास गर्ने व्यवस्था हुनुपर्छ”–उहाँले भन्नुभयो ।

काठमाडौँलाई ऐतिहासिक र सांस्कृतिक शहर पुनःस्थापना गर्ने क्रममा निजी संरचना निर्माणका लागि केही सहुलियत दिए सहज हुने प्रमुख शाक्यले बताउनुभयो ।

मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा र मूल समारोह समितिका सदस्यसचिव एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका महासचिव आमोदमणि दीक्षितले विपद्पूर्वको तयारीका लागि जनचेतना जगाइनुपर्नेमा जोड दिनुभयो ।

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ आज देशभर विविध कार्यक्रम गरी दिवस मनाइयो । यसअघि नयाँ सडकको जुद्ध सालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिएको थियो ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । ७५३ वटै स्थानीय तहलाई पनि जनचेतनामूलक कार्यक्रम गर्न जिल्ला प्रशासनले नै समन्वय गरेको थियो । (तस्बिर र श्रव्य सामग्री उपलब्ध छ)
(रासस)

लोकप्रीय

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

थप समाचार

Jugabet

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२
Gaziosmanpaşa Escort

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.