×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस जिल्ला सभापतिले देशव्यापी हस्ताक्षर अभियान चलाउने

२१ चैत्र २०७५

काठमाडौं, चैत २१
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

बुधबारदेखि काठमाडौँमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाका सहभागीले पार्टीको महासमिति बैठकको भावनाअनुसार केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले सो अभियान चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

Advertisement
Advertisement

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको भन्दै जिल्ला सभापतिहरुले नेतृत्वलाई भरथेग गर्न पनि अभियान चलाउनुपर्ने विषयमा छलफल भएको रोल्पाका सभापति अमरसिंह पुनले बताए ।

कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

सभापतिहरूको भेलाले बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा सबै जिल्लाबाट राहत र सहयोगका लागि आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

यसबाहेक भेलामा आन्तरिक सङ्गठन निर्माणका बारेमा छलफल हुनुका साथै सरकारका गलत काम कारवाही, बढ्दो महङ्गी, भ्रष्टाचार र असुरक्षाका विरुद्ध पनि मेची–महाकाली अभियान चलाउनुपर्ने विषयमा छलफल भएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले राससलाई जानकारी दिए ।

भेलामा जम्मा ४१ सभापतिकोे उपस्थिति रहेको र त्यसमध्ये अधिकांशले आफ्ना धारणा राखिसकेका छन् । नौ सभापति बुधबार राति मात्र आइपुगेको र आज सबैले आफ्ना धारणा राखिसकेपछि भेला सम्पन्न हुने काठमाडौँका सभापति कृष्ण बाँनिया ९सबुज० ले जानकारी दिए ।

भेलामा उपस्थित हुन नसकेका केही सभापतिले टेलिफोनबाट पनि आफ्ना धारणा राख्नुभएको थियो । भेला सम्पन्नपछि आजै पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Advertisement

भक्तपुरका सभापति दुर्लभ थापाले भने जिल्ला सभापतिहरुको कुनै औपचारिक कार्यक्रम नभएको भन्दै उक्त भेलामा संस्थापन पक्षका सभापतिको उपस्थिति नरहेको जानकारी दिए । भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले पनि कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top