×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देश बनाउने पाँच बर्से योजना पारित, के पाउलान जनताले ?

२१ चैत्र २०७५

काठमाडौं ,चैत २१

देश बनाउने पाँच बर्षको योजना पारित भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्च बर्षिय योजनालाई राष्ट्रिय विकास परिषद बैठकले पारित गरेको हो ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकले आगामी पाँच बर्षभित्र देशमा के के काम गर्ने भन्ने सम्बन्धी पाँच बर्षिय योजना पारित गरेको हो ।
पाँच बर्षमा प्रति व्यक्ति आम्दानी ५८ प्रतिशत बढाउने लक्ष्य तय भएको छ । चालु आर्थिक वर्षमा नेपालीको प्रति व्यक्ति आम्दानी १०१२ डलर पुग्ने प्रक्षेपण गरिएको छ । पाँच बर्षपछि अर्थात आर्थिक वर्ष २०८०/८१ मा ५ सय ८८ डलरले बढाएर १६ सय डलर पुर्याउने लक्ष्य तय गरिएको हो ।

आगामी पाँच बर्षमा देशको आर्थिक वृद्धि दर औषतमा १०.३ प्रतिशत कायम गराउने योजना छ । निरपेक्ष गरिबीको रेखा मुनी रहेको १८.७ प्रतिशतको जनसंख्यालाई १३ प्रतिशतमा झार्ने, औषत आयु हालको ६९.६७ बर्षबाट ७२ बर्ष पुर्याउने, साक्षरतालाई ५८ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउने, बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने लक्ष्य छ । हाल बेरोजगारीको दर ११.४ प्रतिशतमा रहेको छ ।

आगामी पाँच बर्षमा ७६ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने, ११२ किलोमिटर रेलमार्गको निर्माण सम्पन्न गर्ने योजना पनि बनेको छ । हाल ७६.९ प्रतिशत परिवार मात्रै आधा घण्टाको यात्रापछि यातायातको पहुँचमा पुग्छन, आगामी पाँच बर्षपछि ९५ प्रतिशत नागरिकले आधा घण्टा पैदल हिडेपछि यातायातको सुविधा पाउनेछन् । ७५ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच विस्तार हुनेछ जुन हाल ५५.४ प्रतिशत रहेको छ । हाल १०२० मेगावाट जलविद्युत उत्पादन भैरहेको छ तर पाँच बर्षपछि त्यो बढेर ५ हजार मेगावाट हुनेछ ।

Advertisement

अर्थतन्त्रमा योगदान
चालु आर्थिक बर्षमा ३४ खर्ब ४९ अर्ब ८ करोड हुने अपेक्षा गरिएको कुल गार्हस्थ उत्पादन आगामी पाँच बर्षपछि ५५ खर्ब ७५ अर्ब १९ करोडका हुनेछ । यसमा कृषि वन र खानीको योगदान २८.२ प्रतिशतबाट घटाएर २३ प्रतिशत कायम गराइनेछ भने उद्योगका योगदान १४.२ प्रतिशतबाट बढाएर १९ प्रतिशत पुर्याइनेछ । सेवा क्षेत्रको योगदान भने ५७.६ प्रतिशतबाट बढेर ५८.७ प्रतिशत पुग्नेछ । (विकास न्युजबाट)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top