×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ का विषयगत समितिहरुले पाए नेतृत्व

२२ चैत्र २०७५

विराटनगर, चैत २२
प्रदेशसभा गठन भएको एक वर्षपछि संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित भएका छन् । प्रदेश सभाका सात विषयगत समितिहरुको बैठकबाट आज सभापति निर्वाचित गरिएको हो ।

शुक्रबार छुट्टाछुट्टै समितिको बैठक आव्हान गरी सभापतिको निर्वाचन गरिएको थियो । निर्वाचनबाट न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली निर्वाचित भएका छन् ।

Advertisement

सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाई निर्वाचित भएका छन् ।

सामाजिक विकास समितिको सभापति पदमा संखुवासभाकी सांसद सरिता थापा खड्का निर्वाचित भएका छन भने उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे निर्वाचित भएकी छन् ।

Advertisement

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवा निर्वाचित भएका छन् । निर्वाचित सभापतिहरुलाई आइतबार सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top