सरकारका रेल, पानीजहाज, ग्याँस पाइपलगायत योजना नै अलमलमा

काठमाडौं । सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् ।सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योजनामाथि नै प्रश्नचिन्ह लागेको छ ।

विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने र सस्तो ब्याजमा ऋण दिने योजना बनाएको घोषणा गरेपनि विदेशिने कामदारका लागि सजिलो होस् भनेर विभिन्न प्रदेशमा खोलिएका श्रम स्वीकृति दिने कार्यालयले पनि राम्रो काम गर्न नसकेको गुनासो छ ।

सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको भनिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ११ गते सामाजिक सुरक्षा योजना कार्यक्रमको लन्च गरेका थिए ।, याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top