मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन

३ माघ ७४, बिहीबार

मोरङ, माघ ४
मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हँुदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् ।

बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा बारुण यन्त्र छैनन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अरू जिल्लाका दमकल बोलाउनुपर्छ ।

जिल्लामा गत वर्षको पुसदेखि हालसम्म एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ वटा घर पूर्णरुपमा नष्ट भए । प्रहरीका अुनसार उद्योग र व्यापारिक क्षेत्र गरेर सात ठाउँमा भएको आगलागीले क्षति भएको छ ।

Advertisement

त्यसैगरी, सामुदायिक स्कुल एवम् वनमा पनि आगलागी भएका छन् । आगोमा परेर चार जनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । ती घटनामा २७ चौपाया मरे भने पाँचवटा घाइते भए । आगोले करिब २६ करोडको क्षति भयो । मोरङको विराटनगर महानगरपालिका र सुन्दर हरैचा नगरपालिकासंग मात्र बारुणयन्त्र रहेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top