यस्ता पनि सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

Share this
747shares

विराटनगर : नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।

Advertisement

यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन् ।

विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नुपरेको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिए । ‘प्रवेश परीक्षा सुरु भएदेखि त्यसको नतिजा नआउञ्जेल हामी सबै शिक्षकको मोबाइल अफ हुन्छ,’ प्रधानाध्यापक भट्टराईले भने ।,यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top