आईपीएल : राजस्थान रोयल्समाथि चेन्नईको रोमान्चक जित,धोनीको कीर्तिमान

२९ चैत ७५, शुक्रबार
Share this
766shares

एजेन्सी,चैत २९
इन्डियन प्रिमियर लिग (आईपीएल)को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती राजस्थानको घरेलु मैदान जयपुरमा सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको हो ।

Advertisement

चेन्नइको जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम १२ बलमा ३० रन चाहिएको थियो । १९ औं ओभरमा जोफ्रा आर्चरले १२ रन मात्र दिएपछि चेन्नईलाई अन्तिम ओभरमा जितको लागि १८ रन चाहियो ।

पहिलो बलमै रविन्द्र जडेजाले स्टोक्सलाई छक्का प्रहार गरे । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन जोडे । तेस्रो योर्कर बलमा धोनीलाई स्टोक्सले बोल्ड आउट गरेपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । उक्त बलमा २ रन सम्भव भएको थियो । पाँचौ बलमा २ रन दिएपछि चेन्नईलाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । अन्तिम बल वाइड रहँदा अर्को बलमा मिचेल सेन्टनरले स्टेटमा छक्का प्रहार गर्दै खेल जिताए ।

Advertisement

सेन्टनर १० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । चेन्नईका जितमा नायक बनेका कप्तान महेन्द्र सिंह धोनीले ४३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५८ रनमा आउट भए । कुनै समय २४/४ को कमजोर अवस्थामा पुगेको चेन्नईलाई पाँचौ विकेटका लागि कप्तान महेन्द्रसिंह धोनी र आम्बाती रायडुले पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गर्दै जित तर्फ लम्काएका थिए ।१८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा रायडु बाउन्ड्री नजिकै श्रेयस गोपालले क्याच आउट गरे । रायडुले ४७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५७ रनको महत्वपूर्ण योगदान दिए ।

Advertisement

चेन्नईको खेलको सुरुवाती भने राम्रो हुन सकेन । पहिलो ओभरको चौथो बलमै धवन कुलकर्णीले ओपनर शेन वाटशनलाई शुन्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको पाँचौ बलमा सुरेश रैना ४ रनमा रन आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा जयदेव उनादकटले राहुल त्रिपाठ्ठीबाट फाडु प्लेसिसलाई क्याच गराउँदै ७ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पाँचौ बलमा केदार जाधव १ रनमा क्याच आउट भएपछि चेन्नई २४÷४ को कमजोर अवस्थामा पुगेको थियो । राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित रहे ।

अन्तिम ओभरमा श्रेयस गोपालले समान १ चौका र छक्का साथै जोफ्रा आर्चरले १ चौका प्रहार सहित सार्दुल ठाकुरलाई १८ रन प्रहार गरेपछि राजिस्थानले मध्यम योगफल बनाउन सकेको हो ।बेन स्टोक्सले २६ बलमा १ चौका प्रहार गर्दै २८ रनमा बोल्ड आउट भए ।

जस बटलरले १० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए । राजस्थानलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजा,सार्दुल ठाकुर,दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट हात पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top