×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा सेन्टजोसेफ र जेम्स विजयी

४ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ ४
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा सेन्टजोसेफ र जेम्स इन्टरनेशनल बोर्डिङ स्कुल विराटनगर विजयी भएका छन् ।

दिल्ली पब्लिक स्कुलको खेलमैदानमा विराट क्रिकेट सोसाइटीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा सेन्टजोसेफ र दोस्रो खेलमा जेम्स इन्टरनेशनल बोर्डिङ स्कुल विजयी भएका हुन् ।

Advertisement
Advertisement

प्रतियोगिता अन्तर्गत श्रीराम मेमोरियल र सेन्टजोसेफ स्कुलबिच बिहिबार भएको पहिलो खेलमा सेन्टजोसेफ ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको श्रीरामले निर्धारीत २० ओभरको खेलमा ११ ओभर ३ बलमा ८७ रन मात्र बनाइ अल आउट भयो ।

उसका लागि सुभाष मण्डलले नटआउट २८ र अविनाश दासले ११ रनको योगदान दिए । सेन्टजोसेफका लागि आषिन शेखले सर्वाधीक ५ विकेट लिए ।

८८ रनको विजयी लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको सेन्टजोसेफ ६ विकेटले विजयी भयो । सेन्टजोसेफका लागि मोहित अटलले नटआउट २० र लिबन्स राईले नटआउट १६ रनको योगदान दिए ।

त्यस्तै बिहिबारनै जेम्स इन्टरनेशनल र राइजिङ नेपाल स्कुलबिच भएको दोस्रो खेलमा जेम्स १५ रनले विजयी भएको छ । सोही मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको जेम्स इन्टरनेशनलले ११ ओभमा १ सय ७ रन बनाएको थियो ।

Advertisement
Advertisement

१ सय ८ रनको विजयी लक्ष्य पाएको राइजिङले ११ ओभरमा सवै विकेट गुमाउदै ९२ रन मात्र बनाउन सक्यो । श्ुक्रबारको पहिलो खेल विकेभिएम र गोदावरी स्कुल तथा दोस्रो खेल डिएभि र विनायक बोर्डिङबिच हुने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top