प्रदेश १ को उद्योग मन्त्रालयमा झन्डै २ करोडको बेरुजु

विराटनगर, चैत २९
प्रदेश नम्बर १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयमा १ करोड ७४ लाख २१ हजार बेरुजु पाइएको छ । महालेखा परीक्षकको कार्यालयले पहिलोपटक प्रदेशस्तरीय लेखा परीक्षण गरेको छ । कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन शुक्रबार प्रदेश नम्बर १ का प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङलाई बुझाएको छ ।

प्रदेशमा ७ वटा मन्त्रालयसहित १० वटा कार्यालयमा २ करोड २३ लाख ४२ हजार बेरुजु देखिएको छ त्यसमा सबैभन्दा बढी उद्योग मन्त्रालयमा बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार यो वर्ष प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ७ मन्त्रालय, प्रदेशसभा सचिवालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको लेखा परीक्षण गर्दा सबैभन्दा बढी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १ करोड ७४ लाख २१ हजार बेरुजु पाइएको छ ।

त्यस्तै सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयको ३३ हजार बेरुजु रहेको पाइएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयमा बेरुजु नभएको पाइएको महालेखा परीक्षण कार्यालयका नायब महालेखा परीक्षक बिन्दु बिष्टले बताइन् । प्रदेश–१ को ६ वटा कार्यालयमा नगदी बेरुजु पाइएको छ । जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बेरुजु २१ लाख ९२ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २४ लाख ७६ हजार बेरुजु रहेको महालेखा परीक्षणका विष्टले जानकारी दिइन् ।

Advertisement

सामाजिक विकास मन्त्रालयको बेरुजु १ लाख ७२ हजार रहेको छ भने मुख्य न्यायधिवक्ताको कार्यालयको बेरुजु ४८ हजार रहेको पाइएको छ । १० निकायको ६५ करोड ६८ लाख ९५ हजार रुपैयाको लेखापरीक्षण सम्पन्न भएकोमा विभिन्न सैद्धान्तिक व्यहोराका अतिरिक्त ९ निकायमा २ करोड २३ लाख ४२ हजार रुपैया अर्थात ३ दशमलब ४० प्रतिशत फ्छयौट गर्नुपर्ने लगती बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top