विराटनगर, चैत २९
विराटनगर– ९ महेन्द्र चौकमा रहेको ‘द जुस वल्र्ड’ले स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा नयाँवर्षमा ग्राहकहरुलाई विशेष छुट सुविधा दिने भएको छ ।
विराटनगरको महेन्द्र चोकमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलको मुल गेटमा रहेको जुस वल्र्डले नयाँवर्षको दिन सम्पूर्ण परिकारमा १० प्रतिशत छुटका साथै अन्य सुविधा पनि दिईने द जुस वल्र्डका सञ्चालक पवन मेहताले बताए ।
जुस वल्र्ड नेपाल मै फरक तरिका बाट विदेशी सिस्टममा सञ्चालन भईरहेको र ग्राहकको मायाले सुखद् रुपमा एक वर्ष पूरा गरेको मेहताले बताए । पारिवारिक वातावरणमा सञ्चालन भईरहेको जुस वल्र्डमा ५० भन्दा बढी किसिमका लस्सी,सेक ताजा फलफुलका जुस, आईसक्रिम लगायत पाइन्छन् ।
नयाँ वर्षमा ‘द स्ट्रिट किचन’मा क्यान्डल नाईट डिनर
यस्तै तुलसा हस्पिटलको गेट दक्षिण रहेको ‘द स्ट्रिट किचन’मा चैत ३० गते (शनिबार) र नयाँवर्षको १ गते क्यान्डल नाईट डिनर हुने भएको छ । क्यान्डल नाईट डिनरमा विभिन्न स्पेशल परिकारका साथै विशेष छुटको पनि सुविधा रहेको सञ्चालक मेहताले बताए ।
मेहताले क्यान्डल नाईट डिनरमा हरेक जोडी वा समूहलाई अतिरिक्त सेवामा केक र १० प्रतिशत छुट सुविधा रहेको बताए ।गत वर्षको कात्तिक ११ गतेबाट सञ्चालनमा आएको सो किचनमा फ्राई चिकन,केएफसी स्टाईल चिकन,किस्पीचिकेन, विर्यानी, पिज्जालगायत बे्रक फास्ट लन्च र डिनरका सम्पूर्ण परिकारहरु उपलब्ध छन् ।